बुधबार, कात्तिक ११ गते २०८३    
बुधबार, कात्तिक ११ २०८३

२५ अर्ब रुपैयाँको निक्षेप संकलन गर्दै राष्ट्र बैंक

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, साउन १५ २०८३
२५ अर्ब रुपैयाँको निक्षेप संकलन गर्दै राष्ट्र बैंक

निक्षेप संकलनमा सहभागी हुन चाहने नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरूले आज दिउँसो ३ बजेसम्म अनलाइन बिडिङ सिस्टम सफ्टवेयर मार्फत बोलकबोल पेस गर्न सक्नेछन्। यस निक्षेप संकलनको ब्याजदर बोलकबोलको माध्यमबाटै निर्धारण हुनेछ।

काठमाडौं- नेपाल राष्ट्र बैंकले बजारबाट २५ अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन गर्ने भएको छ। 

राष्ट्र बैंकले ६१ दिन अवधि रहने उक्त निक्षेप संकलन उपकरणको बोलकबोल निष्कासन गर्नेछ।  

निक्षेप संकलनमा सहभागी हुन चाहने नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरूले आज दिउँसो ३ बजेसम्म अनलाइन बिडिङ सिस्टम सफ्टवेयर मार्फत बोलकबोल पेस गर्न सक्नेछन्। यस निक्षेप संकलनको ब्याजदर बोलकबोलको माध्यमबाटै निर्धारण हुनेछ।

बोलकबोल प्रक्रियामा बैंकहरूले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग जाने गरी कुल आह्वान रकमसम्मका लागि आवेदन दिन सक्ने छन्। यसरी संकलन गरिएको निक्षेपको साँवा तथा ब्याज भुक्तानी आगामी असोज १४ गते हुनेछ। साथै, यो निक्षेप रकमलाई राष्ट्र बैंक बाहेक अन्य बैंक तथा वित्तीय संस्थामा धितोको रूपमा समेत प्रयोग गर्न सकिनेछ।  बैंकहरूले बहुव्याजदरमा पनि बोलपत्र पेस गर्न पाउनेछन्। 

रकम बाँडफाँड गर्दा सबैभन्दा कम ब्याजदर प्रस्ताव गर्नेलाई पहिलो प्राथमिकतामा राखिने र समान ब्याजदर परेमा प्रो-राटा आधारमा बाँडफाँड गरिने राष्ट्र बैंकले जनाएको छ।

स्वीकृत बोलपत्र बमोजिमको रकम सम्बन्धित संस्थाको खाताबाट कट्टा गरी निक्षेप खातामा जमा गरिनेछ भने निष्कासनका दिन खातामा पर्याप्त रकम नभएमा त्यस्ता संस्थालाई कालोसूचीमा राखी आगामी बोलकबोलमा सहभागी हुन रोक लगाइनेछ।


प्रकाशित : शुक्रबार, साउन १५ २०८३११:४५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend