बुधबार, कात्तिक ११ गते २०८३    
बुधबार, कात्तिक ११ २०८३

पाँच बुँदे मागसहित माइतीघरमा लघुवित्तपीडितको सामूहिक अनसन

शुक्रबार, साउन १५ २०८३
पाँच बुँदे मागसहित माइतीघरमा लघुवित्तपीडितको सामूहिक अनसन

मागपत्रमा विद्यमान विशेष वित्तीय ऐन खारेज गरी मुलुकी देवानी संहितामा आधारित वित्तीय प्रणाली लागु गर्नुपर्ने उल्लेख छ।

काठमाडौं- विभिन्न पाँच बुँदे माग राख्दै लघुवित्तपीडितहरूले काठमाडौंको माइतीघरमा सुरु गरेको सामूहिक आमरण अनसन शुक्रबार पनि जारी रहेको छ।

‘लघुवित्त तथा वित्तीय शोषणविरुद्ध संघर्ष समिति’को नेतृत्वमा गएको मंगलबारदेखि अनसन सुरु भएको हो।

आन्दोलनरत पक्षले वित्तीय शोषणको अन्त्य र सामाजिक न्यायको प्रत्याभूति हुनुपर्ने भन्दै सरकारसमक्ष विभिन्न मागहरू राखेका छन्। उनीहरूले सर्वोच्च अदालतको परमादेशबमोजिम लघुवित्तपीडितका तीनबुँदे असहमतिसहितको प्रतिवेदन तत्काल कार्यान्वयन गर्नुपर्ने मागलाई मुख्य प्राथमिकतामा राखेका छन्।

संघर्ष समितिले जारी गरेको मागपत्रमा विद्यमान विशेष वित्तीय ऐन खारेज गरी मुलुकी देवानी संहितामा आधारित वित्तीय प्रणाली लागु गर्नुपर्ने उल्लेख छ।

त्यसैगरी गरिब, मजदूर, सुकुम्बासी र किसानलाई ब्याज छुटसहित निःशुल्क ऋणको व्यवस्था गर्नुपर्ने तथा नागरिकको आवश्यकता र क्षमताका आधारमा रोजगारी एवं उचित पारिश्रमिक सुनिश्चित गर्नुपर्ने मागसमेत गरिएको छ।

आन्दोलनकारीहरूले निजी बैंक तथा वित्तीय संस्थाहरूको अन्त्य गरी मुलुकमा समाजवादी अर्थ व्यवस्था कायम गर्नुपर्ने मागसमेत प्रस्तुत गरेका छन्।

आफ्ना माग पूरा नभएसम्म अनसन र आन्दोलनका कार्यक्रमहरूलाई निरन्तरता दिने संघर्ष समितिले जनाएको छ।


प्रकाशित : शुक्रबार, साउन १५ २०८३११:४३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend