काठमाडौं- शुक्रबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा वृद्धि भएको छ। बिहीबारको तुलनामा शुक्रबार सुनको मूल्य तोलामा एक हजार रूपैयाँले बढेर प्रतितोला २ लाख ८५ हजार रूपैयाँ पुगेको छ।
बिहीबार सुन प्रतितोला २ लाख ८४ हजार रूपैयाँमा कारोबार भएको थियो।
यस्तै, चाँदी आज प्रतितोला ५० रूपैयाँले महँगिएको छ। चाँदीको मूल्य आजका लागि प्रतितोला ४ हजार ३६० रूपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
बिहीबार चाँदी प्रतितोला ४ हजार ३१० रूपैयाँमा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस ४ हजार ७० र चाँदी ५८ अमेरिकी डलरमा किनबेच भइरहेको छ।