बुधबार, कात्तिक ११ गते २०८३    
बुधबार, कात्तिक ११ २०८३

राजविराज नगरपालिका क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु

शुक्रबार, साउन १५ २०८३
राजविराज नगरपालिका क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु

कर्फ्यु आदेशको बर्खिलाप हुनेगरी कुनै गतिविधि गरे तथा गराइएमा प्रचलित कानूनबमोजिम कारबाहीको चेतावनी दिइएको छ।

जनकपुरधाम- सप्तरीको सदरमुकाम राजविराज नगरपालिकाका विभिन्न क्षेत्रमा कर्फ्यु आदेश जारी भएको छ।

शुक्रबार बिहान ८ बजेदेखि अर्को आदेश जारी नभएसम्मका लागि कर्फ्यु आदेश जारी गरिएको हो।

जिल्ला प्रशासन कार्यालय, सप्तरीले जिल्लामा शान्तिसुरक्षा कायम गर्न जिल्ला सुरक्षा समितिको निर्णयअनुसार कर्फ्यु आदेश जारी गरिएको जनाएको छ।

प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाद्वारा जारी आदेशअनुसार राजविराज नगरपालिकाभित्र पूर्वमा खाँडो खोला, पश्चिममा हुलाकी राजमार्गको जुडनी-ढलही, उत्तरमा रूपनी रोडको बसबिट्टी चोक र दक्षिणमा कोशी पश्चिम मूल नहर (विष्णुपुर गाउँपालिका सीमा) सम्मको क्षेत्रमा कर्फ्यु लगाइएको छ।

आदेशको बर्खिलाप हुनेगरी कुनै गतिविधि गरे तथा गराइएमा प्रचलित कानूनबमोजिम कारबाहीको चेतावनी दिइएको छ।


प्रकाशित : शुक्रबार, साउन १५ २०८३१०:५०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend