बुधबार, कात्तिक ११ गते २०८३    
बुधबार, कात्तिक ११ २०८३

छुर्पी निर्यात २७ प्रतिशतले बढ्यो, एक वर्षमै १ अर्ब ७९ करोडको कारोबार

शुक्रबार, साउन १५ २०८३
छुर्पी निर्यात २७ प्रतिशतले बढ्यो, एक वर्षमै १ अर्ब ७९ करोडको कारोबार
फाइल तस्बिर

अन्तर्राष्ट्रिय बजारमा नेपाली छुर्पीको माग निरन्तर बढ्दै जाँदा अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवमा निर्यात करिब २७ प्रतिशतले वृद्धि भएको हो।

झापा- मुलुकको प्रमुख व्यापारिक नाका मेची भन्सार कार्यालयबाट गत आर्थिक वर्षमा १ अर्ब ७९ करोड २८ लाख १८ हजार रूपैयाँबराबरको छुर्पी निर्यात भएको छ।

अन्तर्राष्ट्रिय बजारमा नेपाली छुर्पीको माग निरन्तर बढ्दै जाँदा अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवमा निर्यात करिब २७ प्रतिशतले वृद्धि भएको हो।

मेची भन्सार कार्यालयका अनुसार आर्थिक वर्ष २०८१/८२ मा १ अर्ब ४१ करोड ७१ लाख चार हजार रूपैयाँबराबरको छुर्पी निर्यात भएको थियो।

उक्त कार्यालयका सूचना अधिकारी मांकल राईका बितेका पाँच वर्षदेखि छुर्पीको निर्यात निरन्तर बढिरहेको छ। छुर्पी कुकुर र बिरालोका लागि आहारका रूपमा प्रयोग हुने गरेको छ।

विशेषगरी इलाम, पाँचथर र ताप्लेजुङमा छुर्पी उत्पादन हुने गरेको छ। रासस


प्रकाशित : शुक्रबार, साउन १५ २०८३१०:३४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend