बुधबार, कात्तिक ११ गते २०८३    
बुधबार, कात्तिक ११ २०८३

हिंसात्मक घटनाप्रति राष्ट्रपतिको चासो, प्रधानमन्त्रीसँग शान्ति सुरक्षाबारे छलफल

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , साउन १४ २०८३
हिंसात्मक घटनाप्रति राष्ट्रपतिको चासो, प्रधानमन्त्रीसँग शान्ति सुरक्षाबारे छलफल

प्रधानमन्त्री निर्वाचित भएपछि बालेन्द्र शाहले राष्ट्रपतिसँग पहिलोपटक औपचारिक भेट गरेका हुन्।

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले देशका विभिन्न भागमा पछिल्लो समय भएका हिंसात्मक घटनाप्रति चासो व्यक्त गर्दै प्रधानमन्त्री बालेन्द्र शाहसँग शान्ति सुरक्षा अवस्थाबारे छलफल गरेका छन्।

बिहीबार शीतलनिवासमा भएको भेटमा राष्ट्रपति पौडेलले हिंसात्मक घटनापछि विकसित परिस्थितिबारे जानकारी लिएका थिए। राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार प्रधानमन्त्री शाहले शान्ति सुव्यवस्था कायम गर्न सरकारले गरिरहेका प्रयासबारे राष्ट्रपतिलाई जानकारी गराएका थिए।

भेटमा राष्ट्रपति पौडेलले राजनीतिक दलसहित सबै पक्षलाई विश्वासमा लिएर संयमता अपनाउँदै स्थिति सामान्य बनाउन र सामाजिक सद्भाव कायम गर्न सरकारलाई सुझाव दिएका छन्।

प्रधानमन्त्री निर्वाचित भएपछि बालेन्द्र शाहले राष्ट्रपतिसँग पहिलोपटक औपचारिक भेट गरेका हुन्। 


प्रकाशित : बिहीबार , साउन १४ २०८३२१:३५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend