बुधबार, कात्तिक ११ गते २०८३    
बुधबार, कात्तिक ११ २०८३

सहरी पूर्वाधार, सौर्य ऊर्जा र वातावरणीय व्यवस्थापनमा काठमाडौं महानगर र ऊर्जा मन्त्रालयबीच सहकार्य हुने

बिहीबार , साउन १४ २०८३
सहरी पूर्वाधार, सौर्य ऊर्जा र वातावरणीय व्यवस्थापनमा काठमाडौं महानगर र ऊर्जा मन्त्रालयबीच सहकार्य हुने

छलफलका क्रममा सुनिता डंगोलले महानगरपालिकाले सम्बन्धित विषयमा आन्तरिक तयारी गरी विस्तृत कार्ययोजनासहित मन्त्रालयमा प्रस्ताव पेस गर्ने बताइन्।

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले काठमाडौं महानगरपालिकासँग सहकार्य विस्तार गर्दै सहरी पूर्वाधार, सौर्य ऊर्जा र वातावरणीय व्यवस्थापनसँग सम्बन्धित विभिन्न कार्यक्रम संयुक्तरूपमा अघि बढाउने प्रस्ताव गरेका छन्।

मन्त्रालयमा आज काठमाडौं महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलसँग ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा भएको छलफलमा मन्त्री श्रेष्ठले महानगर क्षेत्रमा भूमिगत पानी पुनर्भरण (ग्राउन्ड वाटर रिचार्ज) प्रणाली, सौर्य सडक बत्तीको विस्तार र व्यवस्थापनका साथै सम्पदा क्षेत्रमा सम्पदामैत्री विद्युतीकरणको नमुना विकास तथा फोहोर व्यवस्थापनसँगै ऊर्जा उत्पादन गर्ने ‘वेस्ट टु इनर्जी’ परियोजनामा सहकार्य गर्न प्रस्ताव गरेकी हुन्।

मन्त्री श्रेष्ठले ती कार्यक्रमहरू कार्यान्वयनका लागि ऊर्जा मन्त्रालय र काठमाडौं महानगरपालिकाबीच संस्थागत समन्वय आवश्यक रहेको उल्लेख गर्दै संयुक्त प्रयासबाट सहरी सेवा प्रवाहलाई थप प्रभावकारी र दिगो बनाउन सकिने धारणा राखिन्।

छलफलका क्रममा कार्यवाहक प्रमुख डंगोलले मन्त्री श्रेष्ठको प्रस्तावलाई सकारात्मक रूपमा लिँदै महानगरपालिकाले सम्बन्धित विषयमा आन्तरिक तयारी गरी विस्तृत कार्ययोजनासहित मन्त्रालयमा प्रस्ताव पेस गर्ने बताइन्।

छलफलमा काठमाडौं महानगरको दिगो सहरी विकास, स्वच्छ ऊर्जा प्रवर्द्धन, वातावरण संरक्षण तथा आधुनिक पूर्वाधार निर्माणका क्षेत्रमा दुवै निकायबीच सहकार्यलाई संस्थागतरूपमा अघि बढाउने विषयमा सहकार्य गर्ने सहमति भएको छ। रासस


प्रकाशित : बिहीबार , साउन १४ २०८३१८:१२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend