बुधबार, कात्तिक ११ गते २०८३    
बुधबार, कात्तिक ११ २०८३

वीरगञ्जमा भोलि बिहान ६ बजेसम्मका लागि निषेधाज्ञा

बिहीबार , साउन १४ २०८३
वीरगञ्जमा भोलि बिहान ६ बजेसम्मका लागि निषेधाज्ञा

जनकपुरधाम- जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिकाको केही क्षेत्रमा आज साँझदेखि भोलि बिहानसम्मका लागि निषेधाज्ञा जारी गरेको छ।

प्रमुख जिल्ला अधिकारी भोला दाहालद्वारा जारी आदेशअनुसार जिल्ला सुरक्षा समितिको निर्णयबमोजिम आज साँझ ५ बजेदेखि भोलि बिहान ६ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको हो।

वीरगञ्जको पूर्वमा प्रतिमा चौक बसपार्क बाइपास रोड, पश्चिममा तिलोवे पुल, उत्तरमा गणेश चोक र दक्षिणमा शंकराचार्य गेटसम्मको क्षेत्रमा निषेधाज्ञा जारी गरिएको सूचनामा उल्लेख छ।

आदेशमा भनिएको छ, 'तोकिएको क्षेत्रमा पाँच जनाभन्दा बढी व्यक्तिहरू जम्मा हुन, सभा, जुलुस तथा प्रदर्शन गर्न पूर्ण रोक लगाइएको छ।' स्थानीय प्रशासन ऐन, २०२८ बमोजिम उक्त आदेश जारी गरिएको सूचनामा उल्लेख छ।

पछिल्लो समय वीरगञ्ज क्षेत्रमा देखिएको तनावपूर्ण अवस्थालाई मध्यनजर गर्दै शान्तिसुरक्षा कायम राख्न निषेधाज्ञा जारी गरिएको प्रजिअ दाहालले बताए। रासस


प्रकाशित : बिहीबार , साउन १४ २०८३१७:५८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend