बुधबार, कात्तिक ११ गते २०८३    
बुधबार, कात्तिक ११ २०८३

एनएमबि बैंकद्वारा सेकेन्ड-ह्यान्ड ईभी कर्जा सुविधा सुरु

बिहीबार , साउन १४ २०८३
एनएमबि बैंकद्वारा सेकेन्ड-ह्यान्ड ईभी कर्जा सुविधा सुरु

सरल र छिटो प्रक्रियाबाट उपलब्ध गराइने यो कर्जा सुविधा, व्यक्तिगत तथा व्यावसायिक प्रयोजनका लागि उपलब्ध हुनेछ।

काठमाडौं- एनएमबि बैंक लिमिटेडले व्यक्तिगत तथा विभिन्न संघ-संस्थाहरूका लागि पुराना (सेकेन्ड-ह्यान्ड) विद्युतीय सवारीसाधन खरिद गर्न सहज बनाउने उद्देश्यले सेकेन्ड-ह्यान्ड ईभी कर्जा सुविधा सुरु गरेको छ।

सरल र छिटो प्रक्रियाबाट उपलब्ध गराइने यो कर्जा सुविधा, व्यक्तिगत तथा व्यावसायिक प्रयोजनका लागि उपलब्ध हुनेछ। इच्छुक ग्राहकहरूले देशभर रहेका एनएमबि बैंकका शाखाहरू वा डिजिटल माध्यममार्फत सजिलैसँग आवेदन दिन सक्नेछन्।

बैंकले ग्राहकहरूको जीवनलाई सहज बनाउन र नेपालमा वातावरणीय दिगोपन प्रवर्द्धन गर्न सधैँ नयाँ र प्रभावकारी वित्तीय सुविधाहरू ल्याउँदै आएको जनाएको छ। यस पहलले नेपालमा चारपांग्रे विद्युतीय सवारीसाधनको पहुँचलाई सुलभ र किफायती बनाउने बैंकको विश्वास छ।

एनएमबि बैंकले हाल देशभर रहेका आफ्ना १९८ शाखा, १७६ एटीएम र ९ एक्सटेन्सन काउन्टरमार्फत बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ।


प्रकाशित : बिहीबार , साउन १४ २०८३१७:२३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend