काठमाडौं- नेपाली कामदारले वैदेशिक रोजगारीमा जाँदा आजदेखि लागु हुनेगरी अनिवार्य विस्तृत कार्य विवरण (जब डिस्क्रिप्सन) उल्लेख गर्नुपर्नेछ।
युवा, श्रम तथा रोजगार मन्त्रालयको साउन १३ को मन्त्रिस्तरीय निर्णयअनुसार कामको प्रकृतिको विस्तृत विवरण आजदेखि लागु हुनेगरी पेस गर्नुपर्ने भएको छ।
गन्तव्य मुलुक, सेवा-सर्त, पारिश्रमिक, अन्य सुविधाका सम्बन्धमा दुई पक्षबीच भएका सम्झौता आदि विषयको प्रमाणीकरणलाई थप प्रभावकारी बनाइएको छ। रासस