काठमाडौं- साताको चौथो कारोबार दिन आज बिहीबार सेयर बजार परिसूचक नेप्से घटेर बन्द भएको छ। पछिल्ला तीन कारोबार दिनदेखि घटिरहेको नेप्सेले आज पनि सोही क्रमलाई निरन्तरता दिएको हो।
आज नेप्से परिसूचक १६.२९ अंक अर्थात् ०.६० प्रतिशतले घटेर २६७२.५८ बिन्दुमा पुगेको हो। अधिल्लो कारोबार दिन नेप्से परिसूचक ७.७९ अंकले घटेर २६८८.८८ बिन्दुमा झरेको थियो।
आज नेप्सेमा ५९ कम्पनीको सेयर मूल्य बढेको छ। २ सय ६ कम्पनीको सेयर मूल्य घटेको छ। आज ३ सय ३७ कम्पनीको ७५ लाख ४८ हजार ५ सय ९१ कित्ता सेयर ४४ हजार ६ सय ५१ पटक किनबेच भएको छ।
आज ३ अर्ब ३८ करोड १३ लाख १८ हजार २ सय ४८ रूपैयाँको कारोबार भएको छ। अघिल्लो कारोबार दिन ४ अर्ब २ करोड ९४ लाख रुपैयाँबराबरको कारोबार भएको थियो।
एभरेस्ट कलर लिमिटेडको सेयर १५ प्रतिशत बढेको छ। कारोबार रकमका आधारमा सबैभन्दा धेरै रिलायन्स स्पिनिङ मिल्सको २४ करोड ३८ लाख ४३ हजार रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।
कारोबारमा १३ उपसमूहमध्ये सबै उपसमूहको परिसूचक घटेको छ। कारोबारमा आएको बिकास बैंक उपसमूहको परिसूचक यस दिन १.१२ प्रतिशत घटेको छ।