बुधबार, कात्तिक ११ गते २०८३    
बुधबार, कात्तिक ११ २०८३

शिवशिखर सहकारीका थप ५६ बचतकर्ताले फिर्ता पाए रकम

बिहीबार , साउन १४ २०८३
शिवशिखर सहकारीका थप ५६ बचतकर्ताले फिर्ता पाए रकम

हालसम्म सो सहकारीका करिब एक हजार चारसय जना बचतकर्ताले रकम फिर्ता पाएका छन्।

काठमाडौं- समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले शिवशिखर सहकारीका साना बचतकर्ताको बचत फिर्ता गरेको छ।

समितिका अनुसार शिवशिखर सहकारीका ५६ जना पीडितले बचत फिर्ता पाएका हुन्। हालसम्म सो सहकारीका करिब एक हजार चारसय जना बचतकर्ताले रकम फिर्ता पाएका छन्। 

पहिलो चरणमा थोरै बचत रकम भएका बचतकर्तालाई रकम फिर्ता गरिएको समितिले जनाएको छ। यसरी नै क्रमशः बचतकर्ताको रकमका आधारमा वर्गीकरण गरेर रकम फिर्ता गरिने छ। सरकारले समस्याग्रस्त सहकारीको ऋण असुलीबाट प्राप्त भएको रकम नै पीडित बचतकर्तालाई फिर्ता गरिएको स्पष्ट पारेको छ।

समस्याग्रस्त सहकारी संस्थाबाट ऋण असुली र सम्पत्ति व्यवस्थापनबाट प्राप्त रकमबाट सम्बन्धित सहकारीका बचतकर्तालाई बचत फिर्ता गर्ने कार्य प्रचलित कानूनी व्यवस्थाबमोजिम निरन्तररुपमा सञ्चालन भइरहेको छ। रासस


प्रकाशित : बिहीबार , साउन १४ २०८३१३:२५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend