बुधबार, कात्तिक ११ गते २०८३    
बुधबार, कात्तिक ११ २०८३

लघुवित्त पीडितसँग वार्ता गर्न अर्थ मन्त्रालयले बनायो समिति

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , साउन १४ २०८३
लघुवित्त पीडितसँग वार्ता गर्न अर्थ मन्त्रालयले बनायो समिति

सहसचिव सुरेश पन्थी र नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक रामु पौडेल सदस्य छन्। अर्थ मन्त्रालयका उपसचिव बोलराज आचार्य सदस्य सचिव तोकिएका छन्।

काठमाडौं-आन्दोलनरत लघुवित्त पीडितसँग वार्ता गरेर समाधानको पहल गर्न अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले वार्ता समिति गठन गरेका छन्।

बिहीबार मन्त्रिस्तरीय निर्णयबाट गठन गरिएको समितिको संयोजकमा अर्थ मन्त्रालयका सहसचिव महेश आचार्य रहेका छन्। अर्थमन्त्री वाग्लेले समितिलाई बिहीबारदेखि नै आन्दोलनरत पक्षसँग वार्ता सुरु गर्न निर्देशन दिएका छन्।

समितिमा कानुन मन्त्रालयका सहसचिव विनोदकुमार भट्टराई, गृह मन्त्रालयका सहसचिव सुरेश पन्थी र नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक रामु पौडेल सदस्य छन्। अर्थ मन्त्रालयका उपसचिव बोलराज आचार्य सदस्य सचिव तोकिएका छन्।

समितिको पहिलो बैठक बिहीबार अर्थ मन्त्रालयमा बस्ने तय भएको छ। बैठकले आन्दोलनरत लघुवित्त पीडितका प्रतिनिधिसँग वार्ताको कार्ययोजना तय गर्दै सोही दिनदेखि औपचारिक संवाद सुरु गर्ने जनाइएको छ।


प्रकाशित : बिहीबार , साउन १४ २०८३११:५५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend