बुधबार, कात्तिक ११ गते २०८३    
बुधबार, कात्तिक ११ २०८३

पहिरोले 'समुन्द्रटार-त्रिशुली ३ बी' १३२ केभी प्रसारण लाइनको एउटा टावर क्षतिग्रस्त

बुधबार, साउन १३ २०८३
पहिरोले 'समुन्द्रटार-त्रिशुली ३ बी' १३२ केभी प्रसारण लाइनको एउटा टावर क्षतिग्रस्त

क्षतिग्रस्त टावरको मर्मत तथा सुदृढीकरणको काम छिट्टै अघि बढाइने बताइएको छ।

काठमाडौं- अत्यधिक वर्षासँगै गएको पहिरोका कारण समुन्द्रटार-त्रिशुली ३ बी १३२ केभी प्रसारण लाइनको टावर नम्बर ४१ क्षतिग्रस्त भएको छ। 

टावरमा क्षति पुगेपछि प्रसारण लाइन प्रभावित बनेको हो।

टावर क्षतिग्रस्त बनेसँगै सोही प्रसारण लाइनमार्फत राष्ट्रिय ग्रिडमा जोडिएका ११ मेगावाट क्षमताको सूर्यकुण्ड हाइड्रोपावर र ५ मेगावाट क्षमताको बुद्धभूमि हाइड्रोपावरको विद्युत प्रवाह (पावर इभाकुएसन) मा कठिनाइ उत्पन्न भएको छ।

यद्यपि प्रसारण लाइनमा समस्या आए पनि उपभोक्ताहरूका लागि भने विद्युत आपूर्ति रोकिने छैन। 

प्राविधिक टोलीले चौगाडा सबस्टेसनबाट वैकल्पिक व्यवस्था मिलाएर ग्राहक वर्गलाई निरन्तर बिजुली उपलब्ध गराइरहेको जानकारी दिएको छ। 

क्षतिग्रस्त टावरको मर्मत तथा सुदृढीकरणको काम छिट्टै अघि बढाइने बताइएको छ।


प्रकाशित : बुधबार, साउन १३ २०८३१९:०४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend