बुधबार, कात्तिक ११ गते २०८३    
बुधबार, कात्तिक ११ २०८३

दाङमा महिलाको नाममा जग्गा रजिष्ट्रेसनको संख्या बढ्दै

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, साउन १३ २०८३
दाङमा महिलाको नाममा जग्गा रजिष्ट्रेसनको संख्या बढ्दै

महिलाको नाममा सम्पत्ति जोड्दा उनीहरू दोस्रो विवाह गरेर जान सक्छन् भन्ने अड्कलबाजी अन्ततः यहाँ क्रमशः हराउँदै जान थालेको पाइन्छ।

दाङ- सरकारले महिलाको नाममा जग्गा खरिद गर्दा कर छुट दिने व्यवस्था गरेसँगै दाङमा महिलाको नाममा जग्गा रजिष्ट्रेसन पास गर्नेको संख्या बढ्दै गएको छ।

नेपालको कानूनी व्यवस्थाअनुसार महिलाको नाममा जग्गा पास गर्दा सामान्यतया २५ देखि ३५ प्रतिशतसम्म कर छुट दिने व्यवस्था छ।
 
आर्थिक वर्ष २०७९/०८० मा रु आठ करोड ४५ लाख ४० हजार ४७६, आव २०८०/०८१ छ करोड ६१ लाख ६१ हजार, आव २०८१/०८२ मा तीन करोड ६९ लाख ९७ हजार ६२६ र आव  २०८२/०८३ मा दलित तथा जनजातिले ६९ लाख ४८ हजार १३३ जग्गा रजिष्ट्रेसनबापत छुट पाएका छन्।

सरकारले यसप्रकार राजस्व छुट दिएका कारण दाङमा घर, जग्गा र व्यवसायको मालिक पनि महिला हुन थालेका छन्।

महिलाको नाममा सम्पत्ति जोड्दा उनीहरू दोस्रो विवाह गरेर जान सक्छन् भन्ने अड्कलबाजी अन्ततः यहाँ क्रमशः हराउँदै जान थालेको पाइन्छ। 

नेपालको संविधानमा कानूनले अंश र वंशमा महिलाको हक स्थापित गरेकै कारण जग्गामा महिलाको स्वामित्व बढ्दै गएको हो। 

आव २०७९/०८० मा सात हजार ७९९, आव २०८० /०८१ मा  नौ हजार ८९३, आव २०८१/०८२ मा छ हजार २९८, आव २०८२/०८३ मा ३९५ महिलाले आफ्नो नाममा जग्गा पास गरेका दाङका प्रमुख मालपोत अधिकृत शान्तराज गौतमले जानकारी दिए।  
 
'बुहारी पनि छोरीसरह हुन्। उनको नाममा जग्गा पास गर्दा राजस्वमा २५ प्रतिशत छुट पाइन्छ भने किन पास नगर्ने?' तुलसीपुर उपमहानगरपालिका–६ का ६५ वर्षीय रामु चौधरीले बताए। रासस


प्रकाशित : बुधबार, साउन १३ २०८३१७:३४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend