बुधबार, कात्तिक ११ गते २०८३    
बुधबार, कात्तिक ११ २०८३

जहाज उडाएर निगमले एक वर्षमा गर्‍यो १७ अर्ब ५२ करोड रुपैयाँ आम्दानी, अघिल्लो आवको तुलनामा १२.६० प्रतिशतले बढी

बुधबार, साउन १३ २०८३
जहाज उडाएर निगमले एक वर्षमा गर्‍यो १७ अर्ब ५२ करोड रुपैयाँ आम्दानी, अघिल्लो आवको तुलनामा १२.६० प्रतिशतले बढी

काठमाडौं- नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले जहाज उडानबाट हुने आम्दानीमा सुधार गरेको छ। २०७८ कात्तिकदेखि निरन्तर रुपमा घटिरहेको जहाज उडानको आम्दानी बढ्न थालेको हो।

२०८२ कात्तिकदेखि निगमले जहाज उडानबाट हुने आम्दानीमा निरन्तर सुधार गरिरहेको छ। निगमको जहाज उडानबाट हुने आम्दानी पछिल्लो ४ आर्थिक वर्षमा गत आवमा मात्रै बढेको हो। गत आर्थिक वर्ष २०८२/०८३ मा जहाज उडानबाट हुने आम्दानी आर्थिक वर्ष २०८१/०८२ को तुलनामा १२.६० प्रतिशतले बढेको छ।

पश्चिम एसियाको द्वन्द्वका कारण निगमको चैत महिनाको आम्दानीमा केही कमी आएको थियो। निगमले पछिल्लो २ महिना जेठ र असारमा मात्रै २ अर्ब ९४ करोड ५० लाख ९८ हजार २ सय ९२ रुपैयाँ आम्दानी गरेको हो।

निगम स्रोतले दिएको तथ्यांकअनुसार गत आवमा १७ अर्ब ५२ करोड ७९ लाख ३४ हजार ७ सय ३८ रुपैयाँ जहाज उडानबाट आम्दानी गरेको छ। यो आम्दानी आर्थिक वर्ष २०८१/०८२ को तुलनमा १२.६० प्रतिशतले बढी हो।

निगमको अघिल्लो आर्थिक वर्ष २०८१/८२ को तुलनामा गत आवमा जहाज उडानबाट हुने आम्दानी २ अर्ब २१ करोड १२ हजार ३ सय १ रुपैयाँले बढी हो।

अघिल्लो आर्थिक वर्ष ०८१/०८२मा निगमले १५ अर्ब ३१ करोड ७९ लाख २२ हजार ४ सय ३७ रुपैयाँ जहाज उडानबाट आम्दानी गरेको थियो।

यसैगरी निगमले आर्थिक वर्ष २०८०/०८१ मा भने १५ अर्ब ४३ करोडल ३ लाख ७५ हजार ४ सय ११ रुपैयाँ आम्दानी गरेको थियो। 

निगमले पछिल्लो ३ आर्थिक वर्षमा जहाज उडानबाट गरेको महिनागत आम्दानीको विवरण

nepal airlines revennue.jpg


प्रकाशित : बुधबार, साउन १३ २०८३१४:५५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend