बुधबार, कात्तिक ११ गते २०८३    
बुधबार, कात्तिक ११ २०८३

गत आर्थिक वर्षमा निर्जीवन बीमा कम्पनीहरुको व्यवसाय ५० अर्ब ५० करोड नाघ्यो, शिखर इन्स्योरेन्सको सबैभन्दा धेरै

बुधबार, साउन १३ २०८३
गत आर्थिक वर्षमा निर्जीवन बीमा कम्पनीहरुको व्यवसाय ५० अर्ब ५० करोड नाघ्यो, शिखर इन्स्योरेन्सको सबैभन्दा धेरै

काठामाडौं- गत आर्थिक वर्षमा नेपालका निर्जीवन बीमा कम्पनीहरुले साढे ५० अर्ब रुपैयाँ भन्दा बढीको कुल व्यवसाय गर्न सफल भएका छन्। नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार यस अवधिमा कम्पनीहरुले कुल ५० अर्ब ६० करोड ३१ लाख रुपैयाँ बराबरको कुल बीमा शुल्क संकलन गरेका हुन्।

व्यवसायका आधारमा शिखर इन्स्योरेन्स सर्वोत्कृष्ट स्थान हासिल गर्न सफल भएको छ। कम्पनीले गत आर्थिक वर्षमा ३ लाख ३६ हजार २ वटा बीमालेख जारी गरी ६ अर्ब ५१ करोड रुपैयाँको कुल कारोबार गरेको छ।

त्यस्तै, दोस्रो स्थानमा रहेको सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको) ले २ लाख ६९ हजार ९९८ बीमालेख मार्फत ५ अर्ब ४२ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ भने तेस्रो स्थानको हिमालयन एभरेष्ट इन्स्योरेन्सले ३ लाख ५५ हजार ५०८ बीमालेखबाट ५ अर्ब ३७ करोड रुपैयाँको व्यवसाय भित्र्याएको छ।

प्राधिकरणका अनुसार अन्य कम्पनीहरुमा आईजिआई प्रुडेन्सियल इन्स्योरेन्सले २ लाख ३७ हजार ७०८ बीमालेख मार्फत ४ अर्ब ५५ करोड, सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले २ लाख ७० हजार ६७९ बीमालेख मार्फत ४ अर्ब ३१ करोड र एनएलजी इन्स्योरेन्सले २ लाख २३ हजार ९११ बीमालेख मार्फत ४ अर्ब २० करोड रुपैयाँको कारोबार गरेका छन्।

त्यसैगरी, नेको इन्स्योरेन्सले ३ लाख ५ हजार ९८२ बीमालेख जारी गरी ३ अर्ब ६५ करोड, दि ओरियन्टल इन्स्योरेन्सले ४८ हजार ९४६ बीमालेखबाट ३ अर्ब २५ करोड, युनाइटेड अजोड इन्स्योरेन्सले ४ लाख १९ हजार ५२६ बीमालेखबाट ३ अर्ब ११ करोड र सानिमा जिआईसीले १ लाख २८ हजार २०३ बीमालेखबाट ३ अर्ब ८ करोड रुपैयाँ बराबरको व्यवसाय गरेका छन्।

यसैगरी, नेपाल इन्स्योरेन्सले १ लाख ९६ हजार ४९० बीमालेख मार्फत २ अर्ब २१ करोड, प्रभु इन्स्योरेन्सले १ लाख १४ हजार ६१३ बीमालेख मार्फत २ अर्ब २ करोड, राष्ट्रिय बीमा कम्पनीले ३१ हजार ६८७ बीमालेख मार्फत १ अर्ब ५८ करोड र नेशनल इन्स्योरेन्सले २६ हजार ९४२ बीमालेख मार्फत १ अर्ब २९ करोड रुपैयाँको व्यवसाय दर्ज गराएका छन्।


प्रकाशित : बुधबार, साउन १३ २०८३१४:४३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend