मंगलबार, साउन १२ गते २०८३    
मंगलबार, साउन १२ २०८३

९ मेगावाटको खिम्ती-घ्वाङ् जलविद्युत आयोजनामा एनएमबी बैंकले १ अर्ब २४ करोड ऋण लगानी गर्ने

मंगलबार, साउन १२ २०८३
९ मेगावाटको खिम्ती-घ्वाङ् जलविद्युत आयोजनामा एनएमबी बैंकले १ अर्ब २४ करोड ऋण लगानी गर्ने

आयोजना निर्माणका लागि लाग्ने १ खर्ब ८० करोड रूपैयाँमध्ये १ अर्ब २४ करोड रूपैयाँ ऋण लगानीको लागि एनएमबी बैंकसँग समझदारी भएको हो।

काठमाडौं- ९ मेगावाटको खिम्ती-घ्वाङ् जलविद्युत आयोजनामा एनएमबी बैंकले १ अर्ब २४ करोड ऋण लगानी गर्ने भएको छ।

वन्डर्स इनर्जी प्रालिले निर्माण गर्न लागेको खिम्ती-घ्वाङ् साना जलविद्युत आयोजनामा लगानी गर्न निर्माण कम्पनी र एनएमबी बैंकबीच मंगलबार सम्झौता भएको हो। सम्झौतामा बैंकका तर्फबाट सस्टेनेवल इनर्जी बैंकिङ विभाग प्रमुख दिनेश दुलाल र कम्पनीका तर्फबाट प्रबन्ध सञ्चालक प्रकाशचन्द्र दुलालले हस्ताक्षर गरेका छन्।

दोलखाको जिरी नगरपालिका-१ र रामेछापको गोकुलगंगा गाउँपालिका-१ भएर बहने खिम्ती-घ्वाङ् खोलामा निर्माण गरिरहेको खिम्ती-घ्वाङ् जलविद्युत आयोजना २०८४ साल चैतमा सम्पन्न गर्नेगरी काम भइरहेको निर्माण कम्पनीले जनाएको छ।

आयोजना निर्माणका लागि सरकारी जग्गा प्राप्ति र रुख कटानको अनुमति बैशाख १५ गतेको मन्त्रिपरिषद्‌बाट निर्णय भएको थियो। आयोजनाको आवश्यक सम्पूर्ण जग्गा खरिद, कन्स्ट्रक्सन पावर जडान, पहुँचमार्ग निर्माण, गोदाम घर, आवास गृह आदिको निर्माण सम्पन्न भइसकेको छ। साथै, सिभिल, हाइड्रो मेकानिकल र इलेक्ट्रो मेकानिकल निर्माण ठेक्का सम्झौता सम्पन्न भइ अहिलेसम्म करिब ३० प्रतिशत काम सम्पन्न भएको कम्पनीले जनाएको छ।

आयोजना निर्माणका लागि लाग्ने १ खर्ब ८० करोड रूपैयाँमध्ये १ अर्ब २४ करोड रूपैयाँ ऋण लगानीको लागि एनएमबी बैंकसँग आज समझदारी भएको हो। बाँकी ५६ करोडमध्ये ३५ करोड रूपैयाँ जुटिसकेको र ३० करोड असोजभित्रमा जुटाउने गरी काम भइरहेको कम्पनीका प्रबन्ध सञ्चालक दुलालले जानकारी दिए।


प्रकाशित : मंगलबार, साउन १२ २०८३१६:२८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend