मंगलबार, साउन १२ गते २०८३    
मंगलबार, साउन १२ २०८३

नारायणघाट-मुग्लिन सडक : खहरेमा पुनः पहिरो, पन्छाउन समय लाग्ने

मंगलबार, साउन १२ २०८३
नारायणघाट-मुग्लिन सडक : खहरेमा पुनः पहिरो, पन्छाउन समय लाग्ने
फाइल तस्बिर

४० मिटर माथिबाट ढुंगासहितको सुक्खा पहिरो खसेको छ। पहिरोका कारण पुनः सवारीसाधन रोकिएका छन्।

चितवन- नारायणघाट-मुग्लिन सडकखण्डको खहरे खोलामा पुनः सुक्खा पहिरो खसेको छ। आज बिहान ८:३० बजे खसेको पहिरो दिउँसो १:१५ बजे पन्छाएर सञ्चालनमा ल्याइएको थियो। दिउँसो २:५० बजे पुनः पहिरो खसेर सडक अवरुद्ध भएको छ।

डिभिजन सडक कार्यालय चितवनका इन्जिनियर अर्जुन घिमिरेका अनुसार पहिरो पन्छाउन कम्तिमा २ घण्टा लाग्ने छ। पहिरो खस्ने जोखिम अझै कायमै रहेको उनले जानकारी दिए।

पहिरो खसेसँगै पुनः सवारीसाधन रोकिएका छन्। पहिरो पन्छाउने कार्य सुरु गरिएको उनले बताए। ४० मिटर माथिबाट ढुंगासहितको सुक्खा पहिरो खसेको छ।

यो सडक काठमाडौंको लाइफलाइनका रूपमा रहेको छ। यस सडक हुँदै दैनिक १० हजार बढी सवारीसाधन आवतजावत गर्ने गर्दछन्।


प्रकाशित : मंगलबार, साउन १२ २०८३१६:०३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend