मंगलबार, साउन १२ गते २०८३    
मंगलबार, साउन १२ २०८३

नेप्से परिसूचक २६ सय ९६ बिन्दुमा झर्‍यो, ४ अर्ब ४२ करोड रुपैयाँको कारोबार

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, साउन १२ २०८३
नेप्से परिसूचक २६ सय ९६ बिन्दुमा झर्‍यो, ४ अर्ब ४२ करोड रुपैयाँको कारोबार

आज नेप्से परिसूचक ४.६४ अंक अर्थात् ०.१७ प्रतिशतले बढेर २६९६.६७ बिन्दुमा पुगेको हो। अधिल्लो कारोबार दिन नेप्से परिसूचक ३३.२८ अंकले घटेर २७०१.३२ बिन्दुमा झरेको थियो।

काठमाडौं- साताको दोस्रो कारोबार दिन आज मंगलबार सेयर बजार परिसूचक नेप्से घटेर बन्द भएको छ।

आज नेप्से परिसूचक ४.६४ अंक अर्थात् ०.१७ प्रतिशतले घटेर २६९६.६७ बिन्दुमा पुगेको हो। अधिल्लो कारोबार दिन नेप्से परिसूचक ३३.२८ अंकले घटेर २७०१.३२ बिन्दुमा झरेको थियो।

आज नेप्सेमा ९८ कम्पनीको सेयर मूल्य बढेको छ। १ सय ६६ कम्पनीको सेयर मूल्य घटेको छ। आज ३ सय ४२ कम्पनीको १ करोड ४ लाख २१ हजार ८ सय ६३ कित्ता सेयर ५५ हजार ५ सय ८० पटक किनबेच भएको छ।

आज ४ अर्ब ४२ करोड ७३ लाख ५ हजार ५ सय ४२ रूपैयाँको कारोबार भएको छ। अघिल्लो कारोबार दिन ६ अर्ब ८ करोड ८ लाख  रुपैयाँको कारोबार भएको थियो।

आज एभरेस्ट कलर लिमिटेडको सेयर १५ प्रतिशत बढेको छ।  कारोबार रकमका आधारमा सबैभन्दा धेरै सेन्ट्रल फाइनान्स लिमिटेडको २७ करोड १४ लाख १७ हजार रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।

आजको कारोबारमा १३ उपसमूहमध्ये ९ उपसमूहको परिसूचक घटेको छ। ४ उपसमूहको कारोबार बढेको छ। कारोबारमा आएको लगानी उपसमूहको परिसूचक यस दिन ०.७९ प्रतिशत घटेको छ। व्यापार उपसमूहको परिसूचक सर्वाधिक ०.७४ प्रतिशत बढेको छ।


प्रकाशित : मंगलबार, साउन १२ २०८३१५:१३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend