काठमाडौं- नेपाली बजारमा यो साता लगातार दुईदिन बढेको सुनको मूल्यमा मंगलबार भने भारी गिरावट आएको छ।
मंगलबार सुनको मूल्य प्रतितोला ४ हजार ३ सय रूपैयाँले घटेर प्रतितोला २ लाख ८४ हजार २ सय रूपैयाँ कायम भएको छ।
यो साता आइतबार सुनको मूल्य प्रतितोला एक हजार ६ सय रूपैयाँले वृद्धि भएको थियो भने सोमबार पनि सुन प्रतितोला एक हजार चारसय रूपैयाँले महँगिएको थियो। सोमबार सुन प्रतितोला २ लाख ८८ हजार ५ सय रूपैयाँमा कारोबार भएको थियो।
चाँदीको मूल्य पनि मंगलबार प्रतितोला १३५ रूपैयाँले घटेको छ। मंगलबारका लागि चाँदीको मूल्य प्रतितोला ४ हजार ३१० रूपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
सोमबार चाँदी प्रतितोला ४ हजार ४४५ रूपैयाँमा कारोबार भएको थियो।