मंगलबार, साउन १२ गते २०८३    
मंगलबार, साउन १२ २०८३

झापामा घरेलु तथा साना उद्योगबाट गत आवमा २ करोड ४१ लाख रूपैयाँ राजस्व संकलन

मंगलबार, साउन १२ २०८३
झापामा घरेलु तथा साना उद्योगबाट गत आवमा २ करोड ४१ लाख रूपैयाँ राजस्व संकलन
फाइल तस्बिर

गत आर्थिक वर्षमा कार्यालयमा ५८६ वटा नयाँ घरेलु तथा साना उद्योग दर्ता भएका छन्। तीमध्ये सबैभन्दा धेरै ३०२ वटा सेवामूलक उद्योग रहेका छन्।

झापा- घरेलु तथा साना उद्योग कार्यालय झापाले गत आर्थिक वर्ष २०८२/०८३ मा नयाँ उद्योग दर्ता र सेवा प्रवाहमार्फत २ करोड ४१ लाख ६१ हजार १५० रूपैयाँ राजस्व संकलन गरेको छ।

कार्यालयका सूचना अधिकारी जानकी भट्टराईका अनुसार गत आर्थिक वर्षमा कार्यालयमा ५८६ वटा नयाँ घरेलु तथा साना उद्योग दर्ता भएका छन्। तीमध्ये सबैभन्दा धेरै ३०२ वटा सेवामूलक उद्योग रहेका छन्।

त्यसैगरी, १४७ वटा उत्पादनमूलक, १३३ वटा कृषि तथा वनजन्य, तीनवटा सूचना प्रविधिसम्बन्धी र एउटा ऊर्जामूलक उद्योग दर्ता भएका छन्।

कार्यालयले संकलन गरेको कुल राजस्वमध्ये प्रशासनिक सेवा शुल्कबाट एक करोड ९८ लाख १४ हजार, व्यवसाय रजिस्ट्रेसन दस्तुरबाट ४२ लाख ८२ हजार रूपैयाँ तथा सरकारी सम्पत्तिको बिक्रीबाट ६५ हजार रूपैयाँ प्राप्त भएको सूचना अधिकारी भट्टराईले जानकारी दिइन्। रासस


प्रकाशित : मंगलबार, साउन १२ २०८३१०:४०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend