सोमबार, साउन ११ गते २०८३    
सोमबार, साउन ११ २०८३

पहिरो पन्छाएपछि नारायणघाट-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

सोमबार, साउन ११ २०८३
पहिरो पन्छाएपछि नारायणघाट-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

चितवन- ठाउँठाउँमा खसेको पहिरो पन्छाएपछि नारायणघाट-मुग्लिन सडक पूर्णरूपमा सञ्चालनमा आएको छ। आज बिहान १७ किलो र सिमल तालनजिक लेदो र ढुंगासहित पहिरो खसेपछि सडक बन्द भएको थियो।

सडक डिभिजन कार्यालय चितवनका सूचना अधिकारी एवं इन्जिनियर कृष्ण आचार्यका अनुसार १७ किलोमा खसेको ढुंगा र सिमलताल नजिक खसेको लेदोसहितको पहिरो पन्छाएर सडक दुईतर्फी रूपमा सञ्चालनमा ल्याइएको हो।

दुवै ठाउँमा तत्काल पहिरो पन्छाएर एकतर्फी सडक खुलाइएको थियो। क्रमशः सवारी चाप कम भएपछि दुवै ठाउँको पहिरो पूरै हटाएर अहिले ३:१५ बजेदेखि दुईतर्फी रूपमा सञ्चालनमा ल्याइएको उनले जानकारी दिए। रासस


प्रकाशित : सोमबार, साउन ११ २०८३१६:१६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend