सोमबार, साउन ११ गते २०८३    
सोमबार, साउन ११ २०८३

नारायणघाट-मुग्लिन सडकखण्डमा खस्ने पहिरो तत्काल पन्छाउन तीन ठाँउमा उपकरण

सोमबार, साउन ११ २०८३
नारायणघाट-मुग्लिन सडकखण्डमा खस्ने पहिरो तत्काल पन्छाउन तीन ठाँउमा उपकरण
फाइल तस्बिर

बर्सात सुरु भए सँगै दैनिक जसो ठूला-साना पहिरो झरिरहेका छन्। ती पहिरालाई पन्छाएर सडक सुचारु गर्ने काम भइरहेको छ।

चितवन- नारायणघाट-मुग्लिन सडकखण्डमा खस्ने पहिरो तत्काल पन्छाउन तीन स्थानमा एक्साभेटर, लोडर र ट्रिपरलगायतका उपकरण व्यवस्थापन गरिएको छ।

बर्खामा हिलोसहितको पहिरो खस्न सक्ने भएकाले तत्कालै घटनास्थलमा पुग्ने गरी उपकरण राखिएको डिभिजन सडक कार्यालय भरतपुरका इन्जिनियर अर्जुन घिमिरेले जानकारी दिए। उनका अनुसार मुग्लिनमा एउटा लोडर छ भने सेती दोभानमा लोडर, एक्साभेटर, व्याक हु लोडर, ट्रिपर, टेलर र मिनी एक्साभेटर राखिएको छ। 

हालैमात्र ठेक्का लागेको तुईन खोलामा निर्माण कम्पनीले एक्साभेटर र लोडरको व्यवस्थापन गरेको छ। त्यस क्षेत्रमा पहिरो खस्नासाथ नजिकमा रहेका उपकरण पन्छाउन प्रयोग गरिने छ।

तुइन खोलामा रहेका उपकरण भने सामान्य अवस्थामा त्यसै क्षेत्रको पहिरो पन्छाउन मात्र परिचालन गरिनेछ।

ठूलो क्षेत्रमा पहिरो आएमा ‘हेभी इक्युपमेन्ट’ कार्यालय हेटौँडा र पोखराबाट समेत उपकरण झिकाइने इन्जिनियर घिमिरेले बताए। त्यस क्षेत्रमा पहिरो खस्नासाथ पन्छाउन सक्ने गरी उपकरण र जनशक्ति तयारी अवस्थामा व्यवस्थापन गरिएको उनले जानकारी दिए।

बर्सात सुरु भए सँगै दैनिक जसो ठूला-साना पहिरो झरिरहेका छन्। ती पहिरालाई पन्छाएर सडक सुचारु गर्ने काम भइरहेको छ। सो सडकखण्डमा मध्यमदेखि उच्चसम्मका गरी  ४३ ठाउँमा पहिरोको जोखिम छ। त्यसमध्ये सात ठाउँमा उच्च जोखिम छ भने अन्य ठाउँमा मध्यम छन्। हिउँदमा समेत उक्त सडकखण्डमा सुख्खा पहिरो जाने गरेको छ। 

मुलुकका विभिन्न भागबाट त्यही राजमार्ग भएर दैनिक हजारौँको सङ्ख्यामा सवारीसाधन राजधानी भित्रने र बाहिरिने गर्दै आएको पाइन्छ। हाल राजधानी काठमाडौंको लाइफलाइनका रुपमा त्यो सडक रही आएको छ। रासस


प्रकाशित : सोमबार, साउन ११ २०८३१५:५७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend