सोमबार, साउन ११ गते २०८३    
सोमबार, साउन ११ २०८३

गण्डकीका दूध उत्पादक किसानले गत आवमा पाए ५ करोड ५८ लाख अनुदान

सोमबार, साउन ११ २०८३
गण्डकीका दूध उत्पादक किसानले गत आवमा पाए ५ करोड ५८ लाख अनुदान
फाइल तस्बिर

गण्डकी- आर्थिक वर्ष २०८२/८३ मा गण्डकी प्रदेशका ११ हजार २३२ किसानले ५ करोड ५८ लाख रकम प्राप्त गरेका छन्। गण्डकी प्रदेशले उक्त रकम प्रोत्साहनका रुपमा प्रदान गरेको कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले जनाएको छ। 

मापदण्डअनुसार छनोट भएका दुग्ध सहकारीमार्फत किसानलाई प्रोत्साहन सहयोग उपलब्ध गराउने गरिएको मन्त्रालयका वरिष्ठ पशु विकास अधिकृत डा शोभा शर्माले जानकारी दिइन्। उनले दैनिक २०० लिटर र वार्षिक २०० दिन दूधको कारोबार गर्ने सहकारी संस्थाले प्रोत्साहन स्वरुपको रकम प्राप्त गर्न सक्ने मापदण्ड रहेको बताइन्।

हरेक आवमा कम्तीमा ३० दिन सहकारीमा दूध बिक्री गर्ने किसानले प्रोत्साहन सहयोग प्राप्त गर्ने गरेका छन्। एउटा सहकारीलाई बढीमा १७ लाख ५० हजार रूपैयाँसम्म प्रोत्साहन सहयोग गर्ने गरिएको वरिष्ठ पशु विकास अधिकृत डा शर्माले बताइन्।

'किसानलाई प्रतिलिटर दूधमा पाँच रूपैयाँका दरले प्रोत्साहन सहयोग दिने गरिएको छ, कतिपय सहकारीमा माग धेरै हुँदा प्रोत्साहन रकम केही कम पनि हुने गरेको छ,' उनले भनिन्।

सहकारीले प्राप्त गरेको प्रोत्साहन रकममा चार प्रतिशत कार्यक्रम सञ्चालन तथा व्यवस्थापनका लागि र बाँकी ९६ प्रतिशत किसानलाई वितरण गरिएको छ। रासस


प्रकाशित : सोमबार, साउन ११ २०८३१२:५४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend