बुधबार, कात्तिक ११ गते २०८३    
बुधबार, कात्तिक ११ २०८३

आजको मौसम : केही स्थानमा हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना

सोमबार, साउन ११ २०८३
आजको मौसम : केही स्थानमा हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना

हाल देशभर मनसुनी वायुको प्रभाव छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा रहेको छ।

काठमाडौं- हाल देशभर मनसुनी वायुको प्रभाव छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा रहेको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल हिमाली र पहाडी भू–भागमा साधारणतया बादल तथा तराई भू–भागमा आंशिक बादल लागेको छ । कोशी र बागमती प्रदेशका केही स्थान तथा गण्डकी प्रदेशको एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्कादेखि मध्यमसम्मको वर्षा भइरहेको छ।

विभागका अनुसार आज दिउँसो देशको हिमाली र पहाडी भू–भागमा साधारणतया बादल लाग्नेछ । बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागमा पनि साधारणतया बादल लाग्नेछ। 

मधेस तथा कोशी प्रदेशका तराई भू–भागमा आंशिक बादल लाग्नेछ । देशका हिमाली भू–भागका केही स्थानमा तथा पहाडी भू–भागका धेरै स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ।

लुम्बिनी  र  सुदूरपश्चिम प्रदेशका तराई भू–भागका धेरै स्थानमा तथा कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका तराई भू–भागका थोरै स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । कर्णाली प्रदेशको पहाडी भू–भाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। 

आज राति देशभर साधारणतया बादल लाग्नेछ। देशका हिमाली र पहाडी भू–भागका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यमसम्मको वर्षा तथा हिमपातको सम्भावना छ। 

बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू–भागका केही स्थान, मधेस प्रदेश तथा कोशी प्रदेशको तराई भू–भागका थोरै स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू–भागका पनि एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। रासस


प्रकाशित : सोमबार, साउन ११ २०८३०६:३४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend