आइतबार, साउन १० गते २०८३    
आइतबार, साउन १० २०८३

किसानको घरदैलोमा कृषिमन्त्री चौधरी, प्रांगारिक मलको प्रयोग बढाउन आग्रह

आइतबार, साउन १० २०८३
किसानको घरदैलोमा कृषिमन्त्री चौधरी, प्रांगारिक मलको प्रयोग बढाउन आग्रह

रासायनिक मलमाथिको निर्भरता पनि घटाएर दीर्घकालीनरुपमा माटोको सुधार गर्न सकिने मन्त्री चौधरीको भनाइ छ।

काठमाडौं- प्रांगारिक मलको प्रयोग बढाउन कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरी किसानको घरदैलोमा पुगेकी छिन्।

धनुषाको विभिन्न स्थानको अवलोकन गर्दै मन्त्री चौधरीले महिला कृषकद्वारा सञ्चालित कस्टम हायरिङ सेन्टर, माछापालन, आँप बगैँचाको अवलोकन गरेकी हुन्।

कृषिमन्त्री चौधरीले किसानको खेतमा पुगेर स्थानीय स्रोतले बनेका गोठे मल, प्रांगारिक मललगायत प्रयोग बढाउन आग्रह गरेको उनको निजी सचिवालयले जनाएको छ।

रासायनिक मलमाथिको निर्भरता पनि घटाएर दीर्घकालीनरुपमा माटोको सुधार गर्न सकिने मन्त्री चौधरीको भनाइ छ।

धनुवाको लक्ष्मीनियाँ गाउँपालिका-७ स्थित महिला साना किसान कृषि सहकारी संस्था लिमिटेडअन्तर्गत सञ्चालित कस्टम हायरिङ केन्द्रको मन्त्री चौधरीले निरीक्षण गरेकी हुन्।

यसैगरी, मन्त्री चौधरीले बटेश्वर गाउँपालिका-५, शान्तिपूरस्थित अन्नपूर्ण माछापालन कम्पनी प्रालि र चित्रनगरस्थित आँप बगैँचाको समेत अवलोकन गरेकी छिन्। रासस


प्रकाशित : आइतबार, साउन १० २०८३१४:३१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend