आइतबार, साउन १० गते २०८३    
आइतबार, साउन १० २०८३

१ अर्ब ८८ करोड रुपैयाँको लगानीमा चार चामल उद्योग सञ्चालनमा आउँदै

२ सय ११ जनाले प्रत्यक्ष रोजगारी पाउने अपेक्षा

आइतबार, साउन १० २०८३
१ अर्ब ८८ करोड रुपैयाँको लगानीमा चार चामल उद्योग सञ्चालनमा आउँदै

बाँकेको जानकी गाउँपालिका वडा नम्बर ६ मा स्थापना हुने ओसीबी एग्रो प्रालिमा ८८ करोड ७३ लाख ३० हजार रूपैयाँ लगानी हुने भएको छ।

काठमाडौं- गत आर्थिक वर्ष २०८२/०८३ मा उद्योग विभागमा करिब १ अर्ब ८८ करोड ८४ लाख रूपैयाँ लगानी प्रतिबद्धतासहित चार नयाँ चामल उद्योग दर्ता भएका छन्। ती उद्योगमार्फत २ सय ११ जनाले प्रत्यक्ष रोजगारी पाउने अपेक्षा गरिएको छ।

बाँकेको जानकी गाउँपालिका वडा नम्बर ६ मा स्थापना हुने ओसीबी एग्रो प्रालिमा ८८ करोड ७३ लाख ३० हजार रूपैयाँ लगानी हुने भएको छ। उद्योगले वार्षिक ५० हजार मेट्रिकटन चामल, ५० हजार मेट्रिकटन दाल, १० हजार मेट्रिकटन ब्रोकन राइस र ६ हजार मेट्रिकटन राइस ब्रान उत्पादन गर्ने लक्ष्य राखेको छ। यस उद्योगबाट ७६ जनाले रोजगारी पाउनेछन्।

यस्तै, बर्दियाको बढैयाताल गाउँपालिका वडा नम्बर ४ मा स्थापना हुने सिभिल खाद्यान्य उद्योग मा १९ करोड ६५ लाख रूपैयाँ लगानी प्रतिबद्धता गरिएको छ। उद्योगले ब्रोकन राइस, राइस हस्क, राइस ब्रानलगायतका उत्पादन गर्नेछ र ४३ जनालाई रोजगारी दिनेछ।

झापाको कनकाई नगरपालिका-३ मा पूर्वाञ्चल इण्डष्ट्रिज प्रालिले ३३ करोड रूपैयाँ लगानी गर्नेछ। उद्योगमा ५० जनाले रोजगारी पाउनेछन् भने ब्रोकन राइस, राइस हस्क, राइस ब्रानलगायतका उत्पादन हुनेछन्।

त्यसैगरी, नवलपरासी (बर्दघाट-सुस्तापूर्व) को गैँडाकोट नगरपालिका-१४ मा सूर्योदय खाद्य उद्योग लिमिटेड स्थापना हुने भएको छ। यस उद्योगमा ४७ करोड ४६ लाख रूपैयाँ लगानी हुने प्रतिबद्धता गरिएको छ। उद्योगले चामल, रिजेक्सन राइस, ब्रान र राइस हस्क उत्पादन गर्नेछ भने ४२ जनालाई रोजगारी उपलब्ध गराउनेछ।


प्रकाशित : आइतबार, साउन १० २०८३११:२७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend