गण्डकी- पहिरोका कारण अवरूद्ध बनेको कालीगण्डकी करिडोरको बागलुङ खण्डमा आठ दिनपछि यातायात सेवा सञ्चालन भएको छ।
बागलुङको जैमिनी नगरपालिका-८ छिस्तीको चौरीखोला पुलनजिकै सडक माथिबाट खसेको पहिरोका कारण यही साउन १ गतेदेखि करिडोर अवरूद्ध भएको थियो।
दुईवटा लोडर र एउटा स्काभेटर प्रयोग गरेर पहिरो पन्छाएपछि शुक्रबारदेखि खडक एकतर्फी रूपमा सञ्चालनमा आएको सडक डिभिजन कार्यालय, बागलुङका प्रमुख हरि सुवेदीले जानकारी दिए। रासस