काठमाडौं- भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय सर्लाहीका डिभिजन प्रमुख र मेकानिकल अधिकृत घुससहित पक्राउ परेका छन्।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले डिभिजन प्रमुख सीडीहाजी अनुपमा ढकाल र मेकानिकल अधिकृत छैँठौ तुलाकान्त चौधरीलाई ७ लाख ५० हजार घुस रकमसहित नियन्त्रणमा लिएको हो।
ढकाल र चौधरीको मिलेमतोमा बोरिङ र मोटर जडान गर्ने काम सकिएपछि सो कामबापतको रकम भुक्तानी गर्ने क्रममा दु:ख हैरानी दिएको, सेवाग्राहीसँग घुस मागेको भन्ने उजुरीमाथि अनुसन्धानका क्रममा पुष्टि भएको हो।
उनीहरुलाई साढे ७ लाख घुस लिइसकेको अवस्थामा रकम एवं स्रोत नखुलेको ७१ हजार ११५ रूपैयाँ र तीन थान मोबाइलसहित कार्यालय प्रमुखको क्वाटरबाट शुक्रबार नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए।