काठमाडौं- यो साताको अन्तिम कारोबार दिन आज सेयर बजार परिसूचक नेप्से बढेर बन्द भएको छ।
यो साताको अन्तिम कारोबार दिन शुक्रबार आज नेप्से परिसूचक ७.९० अंक अर्थात् ०.२८ प्रतिशतले बढेर २७३४.६३ बिन्दुमा पुगेको हो।
साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार ४१.७० अंक, दोस्रो कारोबार दिन मंगलबार ७.२५ अंकले बढेको थियो। तेस्रो कारोबारमा १३.९५ अंकले घटेको सेयर बजार चौथो कारोबार दिन हिजो १४.१७ अंकले बढेको हो।
आज नेप्सेमा १ सय ५२ कम्पनीको सेयर मूल्य बढेको छ। १ सय ९ कम्पनीको सेयर मूल्य घटेको छ। आज ३ सय ५३ कम्पनीको १ करोड ३७ लाख ६९ हजार १ सय कित्ता सेयर ७० हजार १ सय ५८ पटक किनबेच भएको छ।
आज ६ अर्ब २६ करोड ७२ लाख २६ हजार ७ सय २२ रूपैयाँको कारोबार भएको छ। अघिल्लो कारोबार दिन ४ अर्ब ६९ करोड ३४ लाख ४९ हजार ३ सय ७० रूपैयाँको कारोबार भएको थियो।
आज एभरेस्ट कलर लिमिटेडको सेयर १५ प्रतिशत बढेको छ। कारोबार रकमका आधारमा सबैभन्दा धेरै रिडी पावर कम्पनी लिमिटेडको ३० करोड ९३ लाख १९ हजार रूपैयाँ र एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको २७ करोड ३४ लाख ७४ हजार रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।
आजको कारोबारमा १३ उपसमूहमध्ये ७ उपसमूहको परिसूचक बढेको घटेको छ। ६ उपसमूहको कारोबार बढेको घटेको छ। कारोबारमा आएको म्चुअल फण्ड उपसमूहको परिसूचक यस दिन २.०८ प्रतिशत घटेको छ। बैंकिङ् उपसमूहको परिसूचक सर्वाधिक १.१७ प्रतिशत बढेको छ।