काठमाडौं- ठूलो एसयूभीको जस्तो फराकिलो स्पेस, नयाँ पुस्ताको इभी प्रविधि र अन्तर्राष्ट्रिय रूपमा सम्मानित डिजाइन एउटै ईभीमा समेटिँदा कस्तो देखिन्छ? नेपालले यसको जवाफ चाँडै पाउने भएको छ।
नेपालका लागि इन्टेलिजेन्ट र लक्जरी ईभी ब्रान्ड दिपलको आधिकारिक बिक्रेता एमएडब्लू वृद्धिले आफ्नो नयाँ इलेक्ट्रिक एसयूभी दिपल निभो क्यू ०५ सार्वजनिक गर्ने तयारी गरिरहेको छ। यो एउटा अर्को एसयूभी मात्र होइन, आकर्षक उपस्थिति, कम्फर्ट, व्यवहारिकता र इन्टेलिजेन्ट प्रविधिको सन्तुलित संयोजन सहितको क्यू ०५ ले नेपालको बढ्दो प्रतिस्पर्धी इलेक्ट्रिक एसयूभी बजारमा नयाँ मापदण्ड स्थापित गर्ने अपेक्षा गरिएको छ। तथापी नेपालमा आउने क्यू ०५ को स्पेसिफिकेसनबारे अझै स्पष्ट छैन।
तर पहिलो नजरमै क्यू ०५ले आत्मविश्वासीय र आधुनिक एसयूभी डिजाइन प्रस्तुत गर्छ। यसको सुन्दर अनुपात, विशिष्ट लाइटिङ सिग्नेचर र प्रभावशाली रोज प्रेजेन्स अन्तर्राष्टिय रुपमा प्रसिघ अटोमोटिभ डिजाइन क्लाउस जाइसिओराको डिजाइन नेतृत्वमा सिर्जना गरिएको हो। यसको डिजाइनले अन्तर्राष्ट्रिय मान्यतासमेत प्राप्त गरिसकेको छ र अटोमोटिभ डिजाइन विधामा प्रतिष्ठित २०२६ गोल्ड ए डिजाइन अवार्ड जितेको छ।
सहरी सडकमा सजिलै चलाउन सकिने आकारमा डिजाइन गरिएको क्यू ०५ मा लामो २७ सय ३५ एमएमको ह्विलबेस दिइएको छ। यसले यात्रुका लागि उदार स्पेस र व्यवहारिक लगेज क्षमता सिर्जना गर्छ। भिडभाडयुक्त सहरी सडकमा अनावश्यक रुपमा ठूलो गाडी चलाउनुपर्ने असुविधाविना यसले परिवारले खोज्ने फराकिलो ठाउँ उपलब्ध गराउने वाचा गर्छ।
यसको इन्टेलिजेन्स केबल स्पेसिफिकेसनमा मात्र सीमित छैन। चीनको भित्री मंगोलियास्थित याकेशीमा आयोजित २०२६ ग्लोबल टेस्टिङ सिजनका क्रममा क्यू ०५ को न्युन घर्षणयुक्त बरफको सतहमा इन्टेलिजेन्ट इन्टेलिजेन्ट ड्राइभिङको सफल परीक्षण गरिएको थियो। साथै यसमा सीएटीएलको ब्याट्री र तीव्र गतिमा चार्ज गर्ने क्षमता पनि रहेको छ।
क्यू ०५ यो वर्ष चीनमा आफ्नो सेग्मेन्ट लिडर बन्न सफल भएको कम्प्याक्ट एसयूभी हो। योवर्ष जुनको अन्तसम्ममा चीनमा ७६ हजारभन्दा बढी क्यू ०५ बिक्री भइसकेको छ।
पुरस्कृत डिजाइन, अपेक्षाभन्दा ठूलो इन्टेरियर, इन्टेलिजेन्ट प्रविधि र अन्तर्राष्ट्रिय बजारमा प्रमाणित लोकप्रियताले यो इलेक्ट्रिक एसयूभीलाई बनाएको छ बहुप्रतिक्षित। तथापी नेपाली बजारमा आउने भेरियन्ट, स्पेसिफिकेसन, फिचर र मूल्यका बारेमा आधिकारिक रुपमा सार्वजनिक गर्दामात्र बाहिर आउनेछ।