शुक्रबार, साउन ८ गते २०८३    
शुक्रबार, साउन ८ २०८३

प्रतितोला ५ हजार ८ सय रुपैयाँले घट्यो सुनको मूल्य

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, साउन ८ २०८३
प्रतितोला ५ हजार ८ सय रुपैयाँले घट्यो सुनको मूल्य

अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन ४ हजार ४५ र चाँदी ५७ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

काठमाडौं- नेपाली बजारमा आज शुक्रबार सुनचाँदीको मूल्य केही घटेको छ। हिजो बिहीबारको तुलनामा सुन तोलामा ५ हजार ८ सय र चाँदी १ सय ५५ रुपैयाँले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला सुनको मूल्य २ लाख ८५ हजार ५ सय र त्यति नै परिमाणको चाँदीको मूल्य ४ हजार ३ सय ५० रुपैयाँ निर्धारण भएको छ।

हिजो एक तोला छापावाल सुनको मूल्य २ लाख ९१ हजार ३ सय र त्यति नै परिमाणको चाँदी ४ हजार ५ सय ५ रुपैयाँमा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन ४ हजार ४५ र चाँदी ५७ अमेरिकी डलरमा कारोबार भइरहेको छ। 


प्रकाशित : शुक्रबार, साउन ८ २०८३११:०६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend