शुक्रबार, साउन ८ गते २०८३    
शुक्रबार, साउन ८ २०८३

सम्पत्ति शुद्धीकरण विभागले ७ मुद्दा दायर गर्‍यो, १२१ जनासँग एक खर्ब १८ अर्ब रुपैयाँ बिगो दाबी

शुक्रबार, साउन ८ २०८३
सम्पत्ति शुद्धीकरण विभागले ७ मुद्दा दायर गर्‍यो, १२१ जनासँग एक खर्ब १८ अर्ब रुपैयाँ बिगो दाबी

सम्पत्ति शुद्धीकरण विभागले आर्थिक वर्ष २०८२/८३ मा सम्पत्ति शुद्धीकरण तथा सम्बन्धित कसुरमा सातवटा मुद्दा दायर गर्दै १२१ जनालाई प्रतिवादी बनाएको छ।

काठमाडौं- सम्पत्ति शुद्धीकरण विभागले आर्थिक वर्ष २०८२/८३ मा सम्पत्ति शुद्धीकरण तथा सम्बन्धित कसुरमा सातवटा मुद्दा दायर गर्दै १२१ जनालाई प्रतिवादी बनाएको छ।

विभागले बिहीबार सार्वजनिक गरेको वार्षिक विवरणअनुसार प्रतिवादीहरूसँग एक खर्ब १८ अर्ब पाँच करोड रुपैयाँ बराबरको बिगो दाबी गरिएको छ। यो रकम सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा विभागले एकै आर्थिक वर्षमा माग गरेको उल्लेखनीय दाबीमध्ये एक हो।

विभागका अनुसार प्राप्त हुने सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानीसम्बन्धी सूचनालाई पहिलो चरणमा स्क्रिनिङ कमिटीमार्फत अध्ययन गरिन्छ। प्रारम्भिक अनुसन्धान आवश्यक देखिएमा अनुसन्धान अधिकृत तोकेर विस्तृत अनुसन्धान प्रक्रिया अघि बढाइन्छ।

अनुसन्धान तथा अभियोजनलाई प्रभावकारी बनाउन विभागमा चारवटा अनुसन्धान शाखा रहेका छन्। त्यसबाहेक कानुन तथा परामर्श इकाई, प्रशासन तथा योजना शाखा, अनुसन्धान समन्वय शाखा तथा प्रहरी शाखाले समेत अनुसन्धान र अभियोजन प्रक्रियामा सहकार्य गर्दै आएका छन्।

विभागले राजस्व चुहावट, भन्सार, अन्तःशुल्क, व्यापारसम्बन्धी मनी लाउन्डरिङ तथा सम्पत्ति शुद्धीकरणका कसुरहरूको अनुसन्धान गर्दै आएको जनाएको छ। पछिल्ला वर्षहरूमा सम्पत्ति शुद्धीकरणसम्बन्धी अध्ययन, अनुसन्धान तथा तहकिकातलाई थप तीव्र बनाइएको विभागको दाबी छ।


प्रकाशित : शुक्रबार, साउन ८ २०८३०६:४४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend