बिहीबार , साउन ७ गते २०८३    
बिहीबार , साउन ७ २०८३

नारायणी लिफ्टको १३ किलोमिटर नहर अतिक्रमणमा

बिहीबार , साउन ७ २०८३
नारायणी लिफ्टको १३ किलोमिटर नहर अतिक्रमणमा

बी र सी नहरका शाखा नहरबाट पानी तानेर किसानले खेतबारी सिँचाइ गर्दै आएका छन्।

चितवन- नारायणी लिफ्ट सिँचाइ आयोजनाको झण्डै १३ किलोमिटर नहर अतिक्रमणमा परेको छ। नहर भरतपुर महानगरपालिकाको सहरी क्षेत्र भएर बग्छ। नहरको जग्गा विभिन्न व्यक्ति, संघसंस्था, समूह र सरकारी निकायले वर्षौँदेखि ओगटेका छन्। अतिक्रमण बढेपछि लिफ्ट सिँचाइअन्तर्गत ‘सी’ नहर हराएर नक्सामा सीमित बन्न पुगेको छ।

भरतपुर महानगरपालिका-१ मा पर्ने नारायणी लिफ्ट सिँचाइ विसं २०४० बाट सञ्चालनमा आएको थियो। लिफ्ट सिँचाइ प्रणालीअन्तर्गत नहर ‘ए’ बाट नारायणीको पानी तानेर नहर ‘बी’ र नहर ‘सी’ मार्फत सिँचाइका लागि छोडिन्छ। बी र सी नहरका शाखा नहरबाट पानी तानेर किसानले खेतबारी सिँचाइ गर्दै आएका छन्। 

भरतपुर महानगरपालिका-११ बर्सेनि रामबागसम्मको १३ किलोमिटर लामो ‘सीएल वान’ नहरको अधिकांश जमिन अतिक्रमणमा परेको छ। 

नारायणी लिफ्ट जल उपभोक्ता समितिका अध्यक्ष पूर्णबहादुर रानाभाटले खेतीयोग्य जमिन घडेरीमा परिणत हुने अवस्था आएपछि नहरको संरक्षणमा स्थानीयको चासो कम हुँदै गएको बताए।

नारायणी लिफ्ट खगेरी सिँचाइ व्यवस्थापन कार्यालयका प्रमुख कुलराज चालिसेले अतिक्रमण भएको क्षेत्रमा नहरबाट पुनः पानी सञ्चालनको सम्भावना नरहेको बताए।

उनले सीञ्चित हुने क्षेत्र खण्डीकरण भइसकेकाले नहरको जमिनलाई स्थानीय सरकारले विधि बनाएर उपयोग गर्न सुझाव दिए। 

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले सार्वजनिक जग्गाको रेखदेख र संरक्षणको जिम्मेवारी स्थानीय सरकारलाई दिएको छ।

नारायणी लिफ्टको अन्य नहर पनि ठाउँठाउँमा अतिक्रमणमा परेको छ। सुरुमा ४ हजार ७ सय हेक्टरमा सिँचाइ हुँदै आएकोमा अहिले त्यो क्षेत्र घटेर ३ हजार २ सय हेक्टरमा सीमित भएको छ। रासस


प्रकाशित : बिहीबार , साउन ७ २०८३१५:२७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend