बिहीबार , साउन ७ गते २०८३    
बिहीबार , साउन ७ २०८३

कोशीमा ७४ प्रतिशत धान रोपाइँ

बिहीबार , साउन ७ २०८३
कोशीमा ७४ प्रतिशत धान रोपाइँ

कोशी प्रदेशमा आठ लाख २६ हजार ६४६ हेक्टर जग्गा कृषियोग्य रहेको तथ्यांक छ।

विराटनगर- कोशी प्रदेशमा यही साउन ४ गतेसम्ममा कुल ७३ दशमलव ९४ प्रतिशत रोपाइँ सम्पन्न भएको छ। 

कोशी प्रदेशको कृषि, उद्योग तथा सहकारी मन्त्रालयका कृषि प्रसार अधिकृत अभिमन्यू अधिकारीका अनुसार १४ जिल्ला रहेको प्रदेशको उच्च पहाडका तीन जिल्ला ताप्लेजुङ, सङ्खुवासभा र सोलुखुम्बु गरी १५ हजार ३८३ हेक्टर धान लगाउने क्षेत्रमध्ये ९ हजार २४१ हेक्टरमा धान रोपाइँ गरिएको छ।

कोशी प्रदेशको मध्य पहाडका आठ जिल्ला पाँचथर, इलाम, भोजपुर, तेह्रथुम, धनकुटा, उदयपुर, ओखलढुंगा र खोटाङ गरी ६७ हजार ७१७ हेक्टर धान लगाउने क्षेत्रमध्ये ४८ हजार ७६६ हेक्टरमा धान रोपाइँ सम्पन्न भएको छ।

यस्तै, कोशी प्रदेश तराईका तीन जिल्ला झापा, मोरङ र सुनसरी गरी एक लाख ९३ हजार २८५ हेक्टर धान लगाउने क्षेत्रमध्ये कुल एक लाख ४६ हजार ३४२ हेक्टरमा धान रोपाइँ सम्पन्न भएको कृषि प्रसार अधिकृत अधिकारीले बताए।

कोशी प्रदेशमा आठ लाख २६ हजार ६४६ हेक्टर जग्गा कृषियोग्य रहेको तथ्यांक छ। रासस


प्रकाशित : बिहीबार , साउन ७ २०८३१५:२१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend