काठमाडौं- नेपाल माइक्रो इन्स्योरेन्सका निलम्बित प्रमुख कार्यकारी अधिकृत (सीईओ) मृगेन्द्रनाथ रिमाल पक्राउ परेका छन्।
वित्तीय अनियमितता र ऐन उल्लंघनको मुद्दामा फरार रहँदै आएका रिमाललाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले बिहीबार काठमाडौं महानगरपालिका-७, सिफलबाट नियन्त्रणमा लिएको हो।
धितोपत्र तथा बीमा ऐन विपरीतका कसूरमा संलग्न रहेको आरोपमा सरकारले उनीविरुद्ध अदालतमा मुद्दा दायर गरेको थियो।
विवादास्पद व्यवसायी दिपक भट्टसहितका व्यक्तिहरू जोडिएको यस उच्च प्रकृतिको वित्तीय प्रकरणमा रिमालको प्रत्यक्ष संलग्नता पुष्टि भएपछि उनी लामो समयदेखि प्रहरीको फरार सूचीमा रहेका थिए।
पदबाट निलम्बित अवस्थामै पक्राउ परेका रिमाललाई सीआईबीले आवश्यक कानुनी प्रक्रिया अघि बढाउन लगत्तै जिल्ला अदालत, बबरमहलमा उपस्थित गराएको छ।