बिहीबार , साउन ७ गते २०८३    
बिहीबार , साउन ७ २०८३

सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा कर अधिकृत पक्राउ

बिहीबार , साउन ७ २०८३
सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा कर अधिकृत पक्राउ

लहानस्थित एक कम्पनीको कर परीक्षणमा सहज गरिदिने भन्दै कर अधिकृत पालले सेवाग्राहीसँग घुस लिएको अभियोग छ।

जनकपुरधाम- अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा आन्तरिक राजस्व कार्यालय लहानका कर अधिकृत युवराज पाललाई पक्राउ गरेको छ।

आयोगको बर्दिवासबाट खटिएको टोलीले सेवाग्राीसँग घुस लिँदै गरेको अवस्थामा कर अधिकृत पाललाई पक्राउ गरेको आयोगका सूचना अधिकारी प्रकाश पोखरेलले जानकारी दिए।

लहानस्थित एक कम्पनीको कर परीक्षणमा सहज गरिदिने भन्दै कर अधिकृत पालले सेवाग्राहीसँग घुस लिएको अभियोग छ। सूचना अधिकारी पोखरेलका अनुसार घुसको रकम यकिन गर्न कर अधिकृत पालमाथि आवश्यक अनुसन्धान भइरहेको छ। रासस


प्रकाशित : बिहीबार , साउन ७ २०८३१४:०९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend