बिहीबार , साउन ७ गते २०८३    
बिहीबार , साउन ७ २०८३

बाढीपहिरोले देशका विभिन्न ६ सडकखण्ड पूर्णरूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा

बिहीबार , साउन ७ २०८३
बाढीपहिरोले देशका विभिन्न ६ सडकखण्ड पूर्णरूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा

सडक विभागका अनुसार हालसम्म अवरुद्ध भएका ३३ सडकखण्ड मर्मतपछि पुनः सञ्चालन भएका छन्।

काठमाडौं- बाढीपहिरोका कारण देशका विभिन्न भागका ६ वटा सडकखण्ड पूर्णरूपमा अवरुद्ध भएका छन् भने ११ सडकखण्ड आंशिकरूपमा सञ्चालनमा रहेका छन्।

सडक विभागका अनुसार हालसम्म अवरुद्ध भएका ३३ सडकखण्ड मर्मतपछि पुनः सञ्चालन भएका छन्। 

विभागका महानिर्देशक विजय जैशीका अनुसार पहिरोले अवरुद्ध सडक खुलाउन सम्बन्धित स्थानमा डोजर, एक्साभेटर, लोडरलगायत उपकरण प्रयोग गरी तीव्र गतिमा पहिरो पन्छाएर सडक खुलाउने प्रयास जारी छ। रासस

प्रकाशित : बिहीबार , साउन ७ २०८३१३:४०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend