बिहीबार , साउन ७ गते २०८३    
बिहीबार , साउन ७ २०८३

ठमेल पर्यटन विकास परिषद्को नवनिर्वाचित कार्यसमितिद्वारा पदभार ग्रहण

बिहीबार , साउन ७ २०८३
ठमेल पर्यटन विकास परिषद्को नवनिर्वाचित कार्यसमितिद्वारा पदभार ग्रहण

पदभार ग्रहणपछि नवनिर्वाचित अध्यक्ष राजुमान डंगोलले ठमेल क्षेत्रको पर्यटन प्रवर्द्धन, व्यवसायीहरूको हित संरक्षण तथा पर्यटनमैत्री वातावरण निर्माणलाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिबद्धता जनाएका छन्।

काठमाडौं- ठमेल पर्यटन विकास परिषद्को नवनिर्वाचित नेतृत्वले औपचारिक रूपमा पदभार ग्रहण गरेको छ।

गत असार २७ गते भएको निर्वाचनमा विजयी राजुमान डंगोल समूहले आज औपचारिकरुपमा पदभार ग्रहण गरेको हो। उक्त निर्वाचनमा अध्यक्ष डंगोलसहित प्रथम उपाध्यक्षमा राजीव पाण्डे, द्वितीय उपाध्यक्षमा दावाङ (दावा) तामाङ, तृतीय उपाध्यक्षमा रमेश थापा विजयी भएका थिए।

यस्तै, महासचिवमा पशुपति कँडेल, सचिवमा दिलिप कँडेल, कोषाध्यक्षमा किन्चु लामु भुटिया (श्रेष्ठ) विजयी भएका थिए। यस्तै, सदस्यमा सुरेन्द्र डंगोल, बालकृष्ण खनाल, सानुकाजी महर्जन, रोशन प्रधान (श्रेष्ठ), विश्वमान प्रधान, लिजा मानन्धर, कृष्णबहादुर सेढाईँ र चन्द्रा तामाङ विजयी भएका थिए।

उनीहरुलाई प्रमुख निर्वाचन अधिकृत हरिप्रसाद पंगेनीले पद तथा गोपनीयताको शपथग्रहण गराए।

पदभार ग्रहणपछि नवनिर्वाचित अध्यक्ष राजुमान डंगोलले ठमेल क्षेत्रको पर्यटन प्रवर्द्धन, व्यवसायीहरूको हित संरक्षण तथा पर्यटनमैत्री वातावरण निर्माणलाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिबद्धता जनाएका छन्।

उनले ठमेल नेपालको प्रमुख पर्यटकीय गन्तव्य भएकाले यसको गरिमा अझ उचो बनाउन सबै व्यवसायी, सरोकारवाला निकाय तथा सरकारी निकायसँग सहकार्य गर्दै काम गर्ने बताए। अध्यक्ष डंगोलले ठमेललाई सुरक्षित, व्यवस्थित र अन्तर्राष्ट्रियस्तरको पर्यटकीय केन्द्रका रूपमा विकास गर्न परिषद्ले विशेष योजना अघि बढाउने उल्लेख गरे।

'ठमेलको पर्यटन व्यवसायलाई नयाँ उचाइमा पुर्‍याउन परिषद् सबै पक्षसँग हातेमालो गर्दै अघि बढ्नेछ। व्यवसायीहरूको हकहित संरक्षण, पर्यटन प्रवर्द्धन र ठमेलको समग्र विकास हाम्रो पहिलो प्राथमिकता हुनेछ,' उनले भने।

यस्तै, नवनिर्वाचित महासचिव पशुपति कँडेलले नवनिर्वाचित कार्यसमितिले संस्थागत सुशासन, पारदर्शिता र व्यवसायीमैत्री कार्यक्रमलाई प्राथमिकतामा राख्ने बताए। उनले परिषद्को कार्यलाई अझ प्रभावकारी बनाउन सदस्यहरूको सक्रिय सहभागिता सुनिश्चित गरिने र पर्यटन पुनरुत्थानका लागि विभिन्न सिर्जनात्मक कार्यक्रम सञ्चालन गरिने जानकारी दिए।

'परिषद्लाई अझ सशक्त र व्यवसायीहरूको साझा संस्थाका रूपमा स्थापित गर्दै पर्यटन क्षेत्रको दिगो विकासका लागि योजनाबद्ध रूपमा काम गर्नेछौँ। सबै व्यवसायीको साथ, सहयोग र सुझावलाई हामी उच्च महत्व दिनेछौँ,' महासचिव कँडेलले भने।

कार्यक्रममा नेपाल पर्यटन बोर्डका सदस्य सहदेव धमला, परिषद्का निवर्तमान अध्यक्ष ध्रुव अधिकारी, पूर्वअध्यक्ष भविश्वर शर्मा, पूर्वअध्यक्ष समिर गुरुङ, निवर्तमान महासचिव बद्री तिमल्सिनालगायतको उपस्थिति रहेको थियो।

सहभागीहरूले नवनिर्वाचित नेतृत्वलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै ठमेलको पर्यटन विकासमा प्रभावकारी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरेका थिए।


प्रकाशित : बिहीबार , साउन ७ २०८३११:४५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend