बिहीबार , साउन ७ गते २०८३    
बिहीबार , साउन ७ २०८३

चार लाख भारतीय रकमसहित नेपालगञ्जबाट एकजना पक्राउ

बिहीबार , साउन ७ २०८३
चार लाख भारतीय रकमसहित नेपालगञ्जबाट एकजना पक्राउ

भारतीय ५ सयका नोट नेपालमा कारोबार गर्न प्रतिबन्ध लगाइएको प्रहरीको भनाइ छ।

नेपालगञ्ज- प्रहरीले अवैध कारोबारमा संलग्न भएका आरोपमा नेपालगञ्जस्थित बसपार्क क्षेत्रबाट एक जनालाई पक्राउ गरेको छ। 

यहाँस्थित बसपार्कको न्यू लक्ष्मी होटेल एण्ड लजका कर्मचारी वीरबहादुर राउतलाई चार लाख भारतीय रुपैयाँसहित बुधबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी उपरीक्षक अङ्गुर जिसीले जानकारी दिए।

उनले बसपार्क क्षेत्रमा अवैध कारोबार भइरहेको छ भन्ने विशेष सूचनाका आधारमा ८ सय थान भारतीय ५ सयका नोटसहित राउतलाई पक्राउ गरी हिरासतमा लिइएको बताए। 'लुकाएर राखेको अवस्थामा हामीले ती नोट फेला पारेका हौँ',  प्रहरी उपरीक्षक जिसीले भने।

भारतीय ५ सयका नोट नेपालमा कारोबार गर्न प्रतिबन्ध लगाइएको प्रहरीको भनाइ छ। उनले बसपार्कका होटेलबाट अवैध काम धेरै हुने गरेको गुनासो आएको उल्लेख गर्दै रावतमाथि नेपाल राष्ट्र बैंकको दफाबमोजिम कारबाही हुने जानकारी दिए। 

न्यू लक्ष्मी होटेल एण्ड लजका सञ्चालक धर्मराज बस्नेतले जाजरकोटाबाट आएका ६ जना ठेकेदारको जिम्मामा रहेका करिब ५० जना श्रमिकलाई भारतीय रूपैयाँ आवश्यक परेकाले रकम संकलन गरी सटहीका लागि कर्मचारी राउतलाई पठाइएको जिकिर गरे। रासस


प्रकाशित : बिहीबार , साउन ७ २०८३११:१९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend