बिहीबार , साउन ७ गते २०८३    
बिहीबार , साउन ७ २०८३

तोलामा ३ सय रूपैयाँले बढ्यो सुनको मूल्य

बिहीबार , साउन ७ २०८३
तोलामा ३ सय रूपैयाँले बढ्यो सुनको मूल्य

बिहीबार सुनको मूल्य प्रतितोला ३ सय रूपैयाँले बढेर प्रतितोला २ लाख ९१ हजार ३ सय रूपैयाँ पुगेको छ।

काठमाडौं- नेपाली बजारमा बुधबार बढेको सुनको मूल्य बिहीबार पनि उकालोतिरै लागेको छ।

बिहीबार सुनको मूल्य प्रतितोला ३ सय रूपैयाँले बढेर प्रतितोला २ लाख ९१ हजार ३ सय रूपैयाँ पुगेको छ।

यो साता बुधबार सुन तोलामा ५ हजार ४ सय रूपैयाँले बढ्दै प्रतितोला २ लाख ९१ हजार रूपैयाँ कायम थियो।

स्थानीय बजारमा चाँदीको मूल्य पनि बिहीबार प्रतितोला २५ रूपैयाँले वृद्धि भएको छ।

बिहीबारका लागि चाँदीको मूल्य प्रतितोला ४ हजार ५ सय ५ रूपैयाँ तोकिएको छ।

बुधबार चाँदी प्रतितोला चार हजार ४८० रूपैयाँमा कारोबार भएको थियो।


प्रकाशित : बिहीबार , साउन ७ २०८३११:०९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend