बुधबार, साउन ६ गते २०८३    
बुधबार, साउन ६ २०८३

नेप्से परिसूचक १३ अंकले घट्यो, ५ अर्ब १८ करोड रुपैयाँको कारोबार

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, साउन ६ २०८३
नेप्से परिसूचक १३ अंकले घट्यो, ५ अर्ब १८ करोड रुपैयाँको कारोबार

परिसूचक घटेसँगै सेयर कारोबार पनि खुम्चिएको छ। आज ५ अर्ब १८ करोड २९ लाख २९ हजार १ सय ५५ रूपैयाँको कारोबार भएको छ। अघिल्लो कारोबार दिन ६ अर्ब ६७ करोड १० लाख १७ हजार ९ सय ७१ रूपैयाँको कारोबार भएको थियो।

काठमाडौं-  लगातार ६ करोबार दिनसम्म बढेको सेयर बजार परिसूचक नेप्से आज घटेर बन्द भएको छ

यो साताको तेस्रो कारोबार दिन बुधबार आज नेप्से परिसूचक १३.९५ अंक अर्थात् ०.५१ प्रतिशतले घटेर २७१२.५४ बिन्दुमा पुगेको हो। अघिल्लो कारोबार दिन नेप्से परिसूचक ७.२५ अंक अर्थात् ०.२६ प्रतिशतले बढेर २७२६.४९ बिन्दुमा पुगेको थियो।

आज नेप्सेमा ७० कम्पनीको सेयर मूल्य बढेको छ। १ सय ९८ कम्पनीको सेयर मूल्य घटेको छ। आज ३ सय ४६ कम्पनीको १ करोड १३ लाख ५४ हजार ७ सय १२ कित्ता सेयर ५५ हजार ९ सय ९९ पटक किनबेच भएको छ।

परिसूचक घटेसँगै सेयर कारोबार पनि खुम्चिएको छ। आज ५ अर्ब १८ करोड २९ लाख २९ हजार १ सय ५५ रूपैयाँको कारोबार भएको छ। अघिल्लो कारोबार दिन ६ अर्ब ६७ करोड १० लाख १७ हजार ९ सय ७१ रूपैयाँको कारोबार भएको थियो।

एभरेस्ट कलर लिमिटेडको सेयर १५ प्रतिशत बढेको छ। कारोबारमा आएको ९.५ प्रतिशत एनसीसी ऋणपत्र २०८६ को मूल्य यस दिन सर्वाधिक ७.१६ प्रतिशत घटेको छ।

आज कारोबार रकमका आधारमा सबैभन्दा धेरै रिडी पावर कम्पनी लिमिटेडको ४२ करोड २६ लाख ९० हजार रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।

आजको कारोबारमा १३ उपसमूहमध्ये २ परिसूचक बढेको छ। ११ उपसमूहको कारोबार घटेको छ। कारोबारमा आएको व्यापार उपसमूहको परिसूचक यस दिन सर्वाधिक २.६० प्रतिशत घटेको छ।


प्रकाशित : बुधबार, साउन ६ २०८३१५:०९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend