मंगलबार, साउन ५ गते २०८३    
मंगलबार, साउन ५ २०८३

पहिरोले विभिन्न राजमार्गको यातायात सेवा आंशिक प्रभावित

मंगलबार, साउन ५ २०८३
पहिरोले विभिन्न राजमार्गको यातायात सेवा आंशिक प्रभावित

यस्तै, भोजपुर नगरपालिका-५ बोखिमस्थित मध्यपहाडी लोकमार्ग र रसुवाको पासाङल्हामु सडकखण्ड एकतर्फी सञ्चालनमा रहेका छन्।

काठमाडौं- लगातारको वर्षापछि आएको बाढी र पहिरोका कारण देशभर सात प्रमुख राजमार्ग पूर्णरूपमा तथा १२ राजमार्ग आंशिकरूपमा प्रभावित भएका छन्। सडक विभागले अवरुद्ध भएका सडकखण्डमध्ये ५१ सडक मर्मतपछि पुनः सञ्चालनमा आइसकेका छन् भने बाँकी सडक खुलाउने काम तीव्ररूपमा भइरहेको जनाएको छ। 

विभागका प्रवक्ता श्यामबहादुर खड्काले पहिरोका कारण अवरुद्ध सडक खुलाउन सम्बन्धित स्थानमा डोजर, एक्साभेटर, लोडरलगायत उपकरण परिचालन गरी मर्मत तथा पहिरो पन्छाउने कार्यलाई तीव्रता दिइएको जानकारी दिए। उनले यात्रुहरूलाई यात्राअघि सम्बन्धित निकायबाट सडकको पछिल्लो अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न आग्रह गरे।

नेपाल प्रहरीका अनुसार ललितपुरस्थित कान्तिलोकपथ, इलामको मेची राजमार्ग, खोटाङको दिक्तेल-भोजपुर सडकखण्ड, सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका-४ जुरिखोला (तातोपानी जाने बाटो) तथा भोटेकोशी-२ कोदारीस्थित अरनिको राजमार्ग पहिरोका कारण पूर्णरूपमा अवरुद्ध छन्। 

यस्तै, भोजपुर नगरपालिका-५ बोखिमस्थित मध्यपहाडी लोकमार्ग र रसुवाको पासाङल्हामु सडकखण्ड एकतर्फी सञ्चालनमा रहेका छन्। काभ्रेपलाञ्चोक-सिन्धुली जोड्ने बीपी राजमार्गमा सम्भावित बाढीको जोखिमलाई मध्यनजर गर्दै रातिको समयमा सवारी आवागमन रोकिएको छ। उक्त सडकमा बिहान ४ बजेदेखि साँझ ६ बजेसम्म भने अवस्थाअनुसार सवारी सञ्चालन गर्ने व्यवस्था गरिएको छ।

त्यसैगरी, मकवानपुरस्थित कान्तिलोकपथमा पनि सम्भावित बाढी तथा पहिरोको जोखिमका कारण रातिको समयमा सवारी सञ्चालनमा रोक लगाइएको नेपाल प्रहरीले जनाएको छ।

सडक विभागले मनसुन अवधिभर जोखिमयुक्त सडकमा निरन्तर निगरानी गरिरहेको र अवरुद्ध सडक यथाशीघ्र सञ्चालनमा ल्याउन आवश्यक जनशक्ति तथा उपकरण तयारी अवस्थामा राखिएको जनाएको छ। रासस


प्रकाशित : मंगलबार, साउन ५ २०८३११:५०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend