मंगलबार, साउन ५ गते २०८३    
मंगलबार, साउन ५ २०८३

साउन १४ देखि १० वर्षे अवधिको ऋणपत्र निष्कासन गर्दै लक्ष्मी सनराइज बैंक

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, साउन ५ २०८३
साउन १४ देखि १० वर्षे अवधिको ऋणपत्र निष्कासन गर्दै लक्ष्मी सनराइज बैंक

बैंकले वार्षिक ७ प्रतिशत ब्याजदर दिने गरी प्रतिऋणपत्र १ हजार रुपैयाँ अंकित मूल्यका कुल ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र बजारमा ल्याउन लागेको हो।

काठमाडौं- लक्ष्मी सनराइज बैंक लिमिटेडले साउन १४ गतेदेखि १० वर्ष अवधिको ‘७ प्रतिशत लक्ष्मी सनराइज डिबेञ्चर २०९२’ निष्कासन तथा बिक्री खुला गर्ने भएको छ।

बैंकले वार्षिक ७ प्रतिशत ब्याजदर दिने गरी प्रतिऋणपत्र १ हजार रुपैयाँ अंकित मूल्यका कुल ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र बजारमा ल्याउन लागेको हो।

कुल निष्कासन गरिने ऋणपत्रमध्ये ६० प्रतिशत अर्थात् १ अर्ब ८० करोड रुपैयाँ बराबरको १८ लाख कित्ता व्यक्तिगत तवर (प्राइभेट प्लेसमेन्ट) बाट र बाँकी ४० प्रतिशत अर्थात् १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता सर्वसाधारणका लागि छुट्याइएको छ। 

सर्वसाधारणका लागि निष्कासन गरिने कित्तामध्ये ५ प्रतिशत अर्थात् ६० हजार कित्ता सामूहिक लगानी कोषहरूका लागि सुरक्षित गरिएको छ।

ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन्। निष्कासन प्रक्रिया छिटोमा साउन १९ गते र ढिलोमा साउन २८ गते बन्द हुने समयसीमा तोकिएको छ। 

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सि-आस्बा सदस्य बैंक तथा वित्तीय संस्था, तिनका शाखा कार्यालय र ‘मेरो सेयर’ मार्फत अनलाइन आवेदन दिन सक्नेछन्।

धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा माछापुच्छ्रे क्यापिटल लिमिटेड रहेको छ। केयर रेटिङ नेपालले यस ऋणपत्र निष्कासनका लागि बैंकलाई ‘केयरएनपी ट्रिपल बी प्लस’ इस्यूअर रेटिङ प्रदान गरेको छ। जसले समयमा वित्तीय दायित्व पूरा गर्ने क्षमता मध्यम सुरक्षित रहेको जनाउँछ। ऋणपत्रमा आर्जित ब्याज रकम प्रत्येक आर्थिक वर्षको पहिलो र दोस्रो अर्धवार्षिक अवधि समाप्त भएपश्चात कर कट्टा गरेर भुक्तानी गरिने बैंकले जनाएको छ।


प्रकाशित : मंगलबार, साउन ५ २०८३१०:४४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend