मंगलबार, साउन ५ गते २०८३    
मंगलबार, साउन ५ २०८३

सामाजिक सुरक्षा कोषमा ३० लाखभन्दा बढी योगदानकर्ता, १ खर्ब १६ अर्ब रकम जम्मा

मंगलबार, साउन ५ २०८३
सामाजिक सुरक्षा कोषमा ३० लाखभन्दा बढी योगदानकर्ता, १ खर्ब १६ अर्ब रकम जम्मा

कोषले २१ अर्ब २७ करोड एक लाख २० हजार २५२ रूपैयाँबराबर दाबी भुक्तानी गरेको छ।

काठमाडौं- सामाजिक सुरक्षा कोषमा कुल १ खर्ब १६ अर्ब ७१ करोड ८९ लाख ५० हजार ५२५ रूपैयाँबराबरको योगदान रकम जम्मा भएको छ।

आर्थिक वर्ष २०८२/८३ को असार मसान्तसम्म उक्त योगदान रकम जम्मा भएको हो। सूचीकृत रोजगारदाता र सूचीकृत योगदानकर्ताले उक्त रकम जम्मा गरेका हुन्।

कोषका अनुसार सूचीकृत रोजगारदाताको सङ्ख्या २३ हजार ४९० पुगेको छ भने सूचीकृत योगदानकर्ताको सङ्ख्या ३० लाख ४३ हजार दुईसय पुगेको छ। कोषले २१ अर्ब २७ करोड एक लाख २० हजार २५२ रूपैयाँबराबर दाबी भुक्तानी गरेको छ।

यस्तै, औषधि उपचार, स्वास्थ्य तथा मातृत्व दाबीतर्फ ३ अर्ब ५२ करोड पाँच लाख ४७ हजार ४६२ उपलब्ध गराएको छ।

दुर्घटना तथा अशक्तता सुरक्षा दाबीतर्फ ३० करोड ४६ लाख ६ हजार ५१४, आश्रित परिवार सुरक्षा दाबीतर्फ ३८ करोड चार लाख २५ हजार २१६ र अवकाश दाबीतर्फ १७ अर्ब ६ करोड ४५ लाख ४१ हजार ६१ बराबर रकम उपलब्ध गराएको छ। पछिल्लो पटक वैदेशिक रोजगारीमा जाने श्रमिकलाई समेत कोषमा समेटिएपछि योगदान रकम वृद्धि भएको छ।

पेन्सन, औषधि उपचार तथा अन्य सामाजिक सुरक्षाका कार्यक्रमसमेत अगाडि बढाइएकाले कोषप्रति आम मानिसको चासो बढ्दै गएको पाइएको छ। कोषले विभिन्न उत्पादनमूलक क्षेत्रमा लगानी सुरु गरेको छ। यसबाट बहुआयामिक लाभ हासिल हुने विश्वास लिइएको छ। रासस


प्रकाशित : मंगलबार, साउन ५ २०८३१०:३३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend