मंगलबार, साउन ५ गते २०८३    
मंगलबार, साउन ५ २०८३

सेयर बजार सुधारका लागि प्रधानमन्त्री शाहको चासो, इन्ट्रा-डे र सर्ट सेल सुरु गर्न सुझाव

सोमबार, साउन ४ २०८३
सेयर बजार सुधारका लागि प्रधानमन्त्री शाहको चासो, इन्ट्रा-डे र सर्ट सेल सुरु गर्न सुझाव

पुँजीगत लाभकर गणनामा रहेको अस्पष्टता हटाउन र बैंक तथा वित्तीय संस्थाले सेयर बिक्री गर्न लगाइएको ६ महिनाको रोक हटाउन पनि माग गरिएको छ।

काठमाडौं- लगातार ओरालो लागेको सेयर बजार र लगानीकर्ताको घट्दो आत्मविश्वासबीच प्रधानमन्त्री बालेन्द्र शाहले सोमबार सिंहदरबारमा पुँजी बजारका सरोकारवालासँग छलफल गरेका छन्।

बैठकमा धितोपत्र बोर्ड, नेपाल राष्ट्र बैंक, नेप्से, ब्रोकर तथा लगानीकर्ताका प्रतिनिधिले बजार सुधारका लागि इन्ट्रा-डे कारोबार र सर्ट सेलिङ तत्काल सुरु गर्नुपर्ने, प्राइस डिस्कभरी प्रणाली सुधार गर्नुपर्ने तथा मार्जिन कर्जा सहज बनाउने व्यवस्था गर्नुपर्ने सुझाव दिएका छन्।

स्टक ब्रोकर एसोसिएसनका पूर्वअध्यक्ष प्रियराज रेग्मीका अनुसार पुराना नीतिका कारण बजार संकुचित भएको भन्दै आधुनिक कारोबार प्रणाली लागु गर्न जोड दिइएको हो। साथै, पुँजीगत लाभकर गणनामा रहेको अस्पष्टता हटाउन र बैंक तथा वित्तीय संस्थाले सेयर बिक्री गर्न लगाइएको ६ महिनाको रोक हटाउन पनि माग गरिएको छ।

छलफलपछि प्रधानमन्त्री शाहले इन्ट्रा-डे र सर्ट सेलिङ कार्यान्वयनमा ढिलाइ हुनुको कारणबारे नियामक निकायसँग स्पष्टीकरण माग्दै धितोपत्र बोर्ड र नेपाल राष्ट्र बैंकलाई आवश्यक नीतिगत तथा प्राविधिक अवरोध हटाउन पहल गर्ने बताएका छन्।

प्रधानमन्त्रीले नेप्सेको पुनर्संरचना, संस्थागत लगानी विस्तार तथा गैरआवासीय नेपाली (एनआरएन) लाई दोस्रो बजारमा प्रवेश गराउने व्यवस्था अघि बढाउन पनि सम्बन्धित निकायलाई आवश्यक पहल गरेर समाधान निकाल्ने प्रतिबद्धता जनाएको सहभागीहरूले जानकारी दिएका छन्।


प्रकाशित : सोमबार, साउन ४ २०८३१५:१५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend