मंगलबार, साउन ५ गते २०८३    
मंगलबार, साउन ५ २०८३

प्रधानमन्त्री बालेन्द्र शाहको पहलपछि लगातार पाँचौँ दिन नेप्सेमा हरियाली, सूचक पुनः २७ सय बिन्दुमाथि

सोमबार, साउन ४ २०८३
प्रधानमन्त्री बालेन्द्र शाहको पहलपछि लगातार पाँचौँ दिन नेप्सेमा हरियाली, सूचक पुनः २७ सय बिन्दुमाथि

आज नेप्सेमा २ सय ३८ कम्पनीको सेयर मूल्य बढेको छ। त्यसैगरी ३२ कम्पनीको सेयर मूल्य घटेको छ। आज ३ सय ४३ कम्पनीको १ करोड २२ लाख ३१ हजार ५ सय ६६ कित्ता सेयर ६६ हजार ९ सय ९९ पटक किनबेच भएको छ।

काठमाडौं- सेयर बजारमा लगातार ५ करोबार दिनसम्म सकरात्मक कारोबार भएको छ।

यो  साताको पहिलो कारोबार दिन आज नेप्से परिसूचक ४१.७० अंक अर्थात् १.५५ प्रतिशतले वृद्धि भइ २७१९.२४ बिन्दुमा पुगेको छ।

अघिल्लो कारोबार दिन शुक्रबार ७९.७४ अंक बढेर बन्द भएको सेयर बजार यो साताको पहिलो कारोबार पनि बढेर बन्द भएको हो।

गत साताको मंगलबार देखि सेयर बजार निरन्तर बढेको छ। मंगलबार ६.११ अंक, बुधबार १४ अंक र बिहीबार ७.५० अंकको सुधार देखिएको थियो।

आज नेप्सेमा २ सय ३८ कम्पनीको सेयर मूल्य बढेको छ। त्यसैगरी ३२ कम्पनीको सेयर मूल्य घटेको छ। आज ३ सय ४३ कम्पनीको १ करोड २२ लाख ३१ हजार ५ सय ६६ कित्ता सेयर ६६ हजार ९ सय ९९ पटक किनबेच भएको छ।

बजारमा बढेसँगै सेयर कारोबार रकममा पनि सुधार आएको छ। आज ५ अर्ब ५० करोड ३५ लाख १० हजार १ सय ८० रूपैयाँको कारोबार भएको छ। अघिल्लो कारोबार दिन ४ अर्ब ५७ करोड ५० लाख ९४ हजार ७ सय २३ रूपैयाँको कारोबार भएको थियो।

एभरेस्ट कलर लिमिटेडको सेयर १५ प्रतिशत बढेको छ। आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेड धेरै ६.८६ प्रतिशत घटेको छ।

आज प्रधानमन्त्री बालेन्द्र शाहले धितोपत्र व्यवसाय तथा बीमा क्षेत्रका सरोकारवालाहरू सँग छलफलको सकारात्मक संकेत पुँजी बजारमा पनि देखिएको छ।

बैठकमा पुँजी बजारको वर्तमान अवस्था, धितोपत्र व्यवसाय तथा बीमा क्षेत्रको सुदृढीकरण, नीतिगत सुधारका प्रयासहरू र समग्र राष्ट्रिय अर्थतन्त्रका विभिन्न समसामयिक विषयहरूमा केन्द्रित रहेर सरोकारवालाहरूसँग छलफल भएको छ।

प्रधानमन्त्री शाहले पछिल्ला केही दिनयता उद्योगी-व्यवसायी, निर्माण व्यवसायी, बैंकिङ तथा वित्तीय क्षेत्रका प्रतिनिधि र विभिन्न पेशागत संस्थासँग निरन्तर छलफल गर्दै आएका छन्।

निजी क्षेत्रका समस्या समाधान, अर्थतन्त्र चलायमान बनाउने उपाय तथा लगानीमैत्री वातावरण निर्माणका विषयमा उनले सक्रिय संवाद अघि बढाएका छन्।प्रधानमन्त्रीको यो सक्रियता र सरकारबाट नीतिगत सुधारको अपेक्षाले लगानीकर्ताको मनोबल बढाएको छ।

आज कारोबार रकमका आधारमा सबैभन्दा आँखु खोला जलविद्युत कम्पनीको २९ करोड १५ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।

आजको कारोबारमा १३ उपसमूहमध्ये म्युचुअल फण्डबाहेक सबै परिसूचक बढेको छ। कारोबारमा आएको अन्य उपसमूहको परिसूचक यस दिन सर्वाधिक २.८१ प्रतिशत बढेको छ।


प्रकाशित : सोमबार, साउन ४ २०८३१५:०८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend