काठमाडौं- अर्थमन्त्री डा स्वर्णिम वाग्लेले यो वर्षको बजेट कार्यान्वयनक विषयमा छलफल सुरू गरेका छन्। यस क्रममा आज मन्त्रालयमा बजेट कार्यान्वयनका विषयमा छलफल सुरू भएको छ।
छलफलमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्ट र अर्थ सचिव डा. घनश्याम उपाध्यायसहित पूर्वाधार, उद्योग वाणिज्य, कृषि, स्वास्थ्य, शिक्षा, परराष्ट्र, संस्कृति पर्यटन तथा नागरिक उड्डयन, श्रम, महिला बालबालिका, गृह, एवं रक्षा मन्त्रालयका सचिव एवम् प्रतिनिधिहरूको सहभागिता रहेको छ।
बजेटमा समावेस योजना, नीति तथा कार्यक्रमको कार्यान्वयनका विषयमा छलफल हुनेछ।