सोमबार, साउन ४ गते २०८३    
सोमबार, साउन ४ २०८३

जीओ अटोमोबाइल्सद्वारा धोबीघाटमा अत्याधुनिक एमजी सर्भिस सेन्टर सञ्चालनमा, ७ दिने 'ग्रान्ड ओपनिङ सर्भिस क्याम्प' घोषणा

आइतबार, साउन ३ २०८३
जीओ अटोमोबाइल्सद्वारा धोबीघाटमा अत्याधुनिक एमजी सर्भिस सेन्टर सञ्चालनमा, ७ दिने 'ग्रान्ड ओपनिङ सर्भिस क्याम्प' घोषणा

कम्पनीले एक सातासम्म सञ्चालन हुने ग्रान्ड ओपनिङ सर्भिस क्याम्पमा सहभागी भइ नयाँ सेवासुविधाको अनुभव लिन अनुरोध समेत गरेको छ।

काठमाडौं- नेपालमा जेएसडब्लू एमजी गाडीहरूको आधिकारिक वितरक जीओ अटोमोबाइल्स प्रालिले धोबीघाटमा आफ्नो नयाँ स्टेट अफ आर्ट एमजी सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ।

अत्याधुनिक पूर्वाधार, प्रशिक्षित प्राविधिक, जेन्युइन एमजी स्पेयर पार्ट्स तथा पारदर्शी र प्रतिस्पर्धी सेवा शुल्कसहित सञ्चालनमा आएको यो सर्भिस सेन्टरले सम्पूर्ण एमजी ग्राहकलाई उत्कृष्ट 'बिक्रीपछिको सेवा' प्रदान गर्ने लक्ष्य राखेको छ।

नयाँ सर्भिस सेन्टरको उद्घाटनको अवसरमा कम्पनीले २२ जुलाइदेखि २९ जुलाइ २०२६ सम्म ७ दिने 'ग्रान्ड ओपनिङ सर्भिस क्याम्प' आयोजना गर्ने भएको छ। यस अभियानमार्फत एमजीका नयाँ तथा हालका ग्राहकलाई उत्कृष्ट सेवा अनुभव प्रदान गर्नुका साथै कम्पनीको आधुनिक सेवा सुविधासँग परिचित गराइने कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार एमजी ग्राहकहरूको स्वामित्व अनुभव अझ सुदृढ बनाउन तथा भरपर्दो र गुणस्तरीय बिक्रीपछिको सेवा उपलब्ध गराउने उद्देश्यले यो नयाँ सर्भिस सेन्टर स्थापना गरिएको हो।

ग्रान्ड ओपनिङ सर्भिस क्याम्पका मुख्य आकर्षणहरूमा सम्पूर्ण एमजी ग्राहकका लागि समर्पित सर्भिस सुविधा, कम्पनीबाट प्रशिक्षित प्राविधिकद्वारा सेवा, जेन्युइन एमजी स्पेयर पार्ट्सको उपलब्धता, पारदर्शी सेवा शुल्क रहेका छन्।

यस्तै 'रिभ्यु एन्ड विन' अभियानअन्तर्गत आफ्नो सेवा अनुभव गुगल रिभ्यु, सामाजिक सञ्जालमा भिडियो (रिल्स) वा लिखित प्रतिक्रियामार्फत साझा गर्ने ग्राहकले आकर्षक एमजी गिफ्ट ह्याम्पर जित्ने अवसर प्राप्त गर्नेछन्। यसमा नियम तथा सर्तहरू लागु हुने कम्पनीको भनाइ छ।

जीओ अटोमोबाइल्सका प्रबन्ध निर्देशक आकाश गोल्छाले यो डेडिकेटेड एमजी सर्भिस सेन्टरको स्थापना हाम्रो ग्राहकप्रतिको प्रतिबद्धताको अर्को महत्वपूर्ण कदम भएको बताए। नेपालभरका एमजी ग्राहकलाई अझ भरपर्दो, गुणस्तरीय र सहज सेवा प्रदान गर्ने उद्देश्य रहेको बताए।

कम्पनीले एक सातासम्म सञ्चालन हुने ग्रान्ड ओपनिङ सर्भिस क्याम्पमा सहभागी भइ नयाँ सेवासुविधाको अनुभव लिन सम्पूर्ण एमजी ग्राहकलाई अनुरोध समेत गरेको छ।


प्रकाशित : आइतबार, साउन ३ २०८३१८:३४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend